गरिबलाई चिसोबाट जोगाऊ (सम्पादकीय)

  • मंसिर २५, २०७९
  • कोशीपत्र/संवाददाता
alt


हामी मङ्सिर महिनाको अन्तिम सातामा छौँ । वातावरणमा तापक्रम घट्दै गएको छ र देशभरिको मौसम चिसिँदै गएको छ । मौसमविद्हरूले पनि अब देशभर चिसो बढ्दै जाने बताएका छन् । तापक्रम घट्दै जाँदा चिसो क्रमशः बढ्दै जानेछ । यो स्वाभाविक प्रक्रिया हो । हिउँद याममै चिसोको समय हो । यस याममा चिसो बढ्दै जानु अस्वाभाविक होइन ।

केही दिनयता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ । हरेक वर्ष हिउँद याममा यसै गरी चिसो बढ्दै जान्छ । समयको यो चक्रलाई हामीले स्वाभाविक रूपमा लिनैपर्छ तर यति भनेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । हाम्रो देशमा हरेक वर्ष यसै बेला अत्यधिक चिसोका कारण केही सवृसाधारणले ज्यान गुमाउने गरेका छन् । त्यसकारण चिसोले पार्ने प्रभावप्र ितभने हामी सबै सचेत र सतर्क हुनैपर्छ ।

आजभोलि बिहानको समयमा पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लाग्ने गरेको छ तर मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जान्छ । तराईका जिल्लामा लागेको हुस्सु अब बिस्तारै पहाडी जिल्लामा बढ्दै जानेछ । त्यसो त तराई क्षेत्रमा बितारै शीतलहरको प्रकोप बढ्न थाल्नेछ । यही शीतलहर तराई क्षेत्रका बासिन्दाका लागि ज्यानमारा बन्ने गरेको छ । तराई क्षेत्रमा बसोवास गर्ने गरिब तथा विपन्न समुदायका केही सर्वसाधारणले शीतलहरकै कारण वर्सेनि ज्यान गुमाउने गरेका छन् । यसतर्पm तीनै तहका सरकारको ध्यान जानु आवश्यक छ ।

यो हरेक वर्ष दोहोरिने नियमित समस्या हो तर यसबाट हुने जोखिम घटाउन सरकारले विशेष योजना बनाउने दिशामा ध्यान नदिनु विडम्बनाकै विषय बनेको छ । तराई क्षेत्रका विपन्न समुदायका मानिससँग न न्याना कपडा हुन्छन्, न उनीहरूसँग घर भन्नलायक भरपर्दा घर हुन्छन् । पराले छाना भएका स–साना छाप्रोमा टाउको लुकाउनु नै उनीहरूको दिनचर्या हो । कडा शीतलहर चल्ने बेलामा यस्ता मानिसहरू आगो तापेर ज्यान बाचाउन बाध्य हुन्छन् तर विडम्बना त के भने आगो ताप्नका लागि उनीहरूसँग दाउरा पनि हुँदैन ।

यस्तो बेलामा उनीहरूको ज्यानको सुरक्षा गर्नु राज्यको दायित्व हो । राज्य सबैको अभिभावक हो । यो जिम्मेवारी राज्यले वहन गर्नु आवश्यक छ । आम नागरिकहरूलाई ‘भोट बैंङ्क’ बढी केही नठान्ने दलहरूको मानसिकताका कारण देशका सर्वसाधारणको जीवनस्तरमा कुनै परिवर्तन आउन सकेको छैन । उनीहरूले कष्टसाध्य जीवनबाट छुट्कारा पाउन सकेका छैनन् । नेपालको संविधानले हरेक नागरिकलाई सुरक्षित आवासको अधिकार प्रदान गरेको छ तर गरिब नागरिकहरूको भागमा सामान्य स्तरको घर पनि उपलब्ध छैन । उनीहरूका लागि सुरक्षित आवासको व्यवस्था गर्नु राज्यको दायित्व हो । चिसो मौसममा विपन्न समुदायका मानिसलाई सरकारले कम्तीमा कम्बल र न्याना कपडा वितरण गर्नुपर्छ । यसबाहेक सार्वजनिक स्थानमा दाउरा बाल्ने व्यवस्था पनि मिलाउनु आवश्यक देखिन्छ ।

यसका साथै ज्येष्ठ नागरिक, बालबालिका तथा सुत्केरीको स्याहारसुसारमा विशेष ध्यान पुर्‍याउनुपर्छ । शीतलहरको बेला ज्येष्ठ नागरिक, बालबालिका तथा सुत्केरीहरूको जीवन नै बढी जोखिममा पर्ने गरेको देखिन्छ । त्यसकारण उनीहरूको सुरक्षाप्रति विशेष ध्यान दिइनुपर्छ । चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि सबैले ध्यान दिनुपर्छ । यस्ता विषयमा तीनै तहका सरकारले पूर्वतयारी गर्नु अपेक्षित हुन्छ । गरिब समुदायका लागि कम्बल, न्याना कपडा र दाउराको जोहो सरकारले पहिले नै गर्नुपर्छ तर हाम्रा सरकारहरूको ध्यान यस्ता विषयमा कमै जाने गर्छ । उनीहरू त सत्ताकै खेलमा बढी रमाउने गरेका छन् । यस्तो प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ ।

अनेमसंघ मोरङको अध्यक ...

मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ...

ज्येष्ठ नागरिकलाई भ् ...

धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको ...

वराहक्षेत्रको बाक्सि ...

वराहक्षेत्र/ गाउँमा मोटर बाटोसंगै चारपाङ्गे गाडि आ ...

कोशी सरकार : आज मुख् ...

मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved