स्थानीय सरकारको कर्तव्य (सम्पादकीय)

  • वैशाख २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

देशको हरेक क्षेत्रमा बिचौलिया हावी छ । बिचौलियाको मारमा नपरेको क्षेत्र देशमा कुनै छैन । बिचौलियाकै कारण सर्वसाधारण पीडित बनेका छन् । यस्तो अवस्थाको अन्त्य हुने छाँटकाँट पनि देखिँदैन । देशका अन्य क्षेत्रजस्तै कृषिक्षेत्रमा पनि बिचौलियाकै प्रभाव देखिन्छ । समय, श्रम र आर्थिक लगानी गरेर उत्पादन गर्ने किसानले आप्mना उत्पादनको उचित मूल्य नपाउने तर कुनै लगानीविना नै बिचौलियाले भने फाइदा लिने गरेका छन् । किसानले उचित मूल्य नपाए पनि उपभोक्ताहरूले भने कृषि उत्पादन महङ्गोमा किन्नुपर्ने अवस्था छ ।

अहिले देशका अधिकांश भागमा निषेधाज्ञा जारी भएको अवस्थामा त अझ किसानहरू ठूलो मारमा परेका छन् । तिनका उत्पादन खेतबारीमै कुहिन थालेका छन् । यो विडम्बनापूर्ण अवस्था हो । यस्तो सङ्कटको बेलामा इटहरी उपमहानगरले भने किसानलाई सहयोग पुग्ने व्यवस्था मिलाएको समाचार आएको छ । उसले किसानले उत्पादन गरेका तरकारी बिक्री गर्ने व्यवस्था मिलाएको छ । उपमहानगरले किसान र व्यापारीलाई सिधा जोड्ने व्यवस्था मिलाइदिएको छ । किसानलाई बजार मूल्यभन्दा प्रतिकेजी २ रुपैयाँ बढी दिने सहमति गरिएको छ ।

यो सकारात्मक विषय हो । यो प्रशंसनीयमात्र होइन, अनुकरणीय पनि छ । आप्mना नागरिकहरूका समस्याप्रति चासो र सरोकार व्यक्त गर्दै ती समस्या समाधानका लागि पहल गर्नु स्थानीय सरकारको कर्तव्य हो । इटहरी उपमहानगरले यो कर्तव्य पूरा गर्ने प्रयास गरेको छ । यसलाई व्यवस्थित गर्दै किसान र उपभोक्ता दुवैको हित हुने गरी योजना कार्यान्वयन गर्नु आवश्यक छ ।
यसै गरी अन्य स्थानीय तहले पनि व्यवस्था मिलाउनु आवश्यक छ । अहिले किसानका खेतबारीमै तरकारी कुहिने र शहरमा भने महङ्गोमा किन्नुपर्ने अवस्था छ । कतिपय स्थानमा त महङ्गो मूल्यमा पनि तरकारी किन्न नपाउने अवस्था सिर्जना भएको छ । यस्तो अवस्था अन्त्य गर्न स्थानीय सरकारले समन्वय गरिदिनु अपेक्षित छ । किसान र व्यापारीबीच सीधा सम्पर्क गराइदिने हो भने बिचौलियाले लिने फाइदाबाट किसान र उपभोक्ता दुवैलाई सहुलियत हुने देखिन्छ । यसतर्पm स्थानीय सरकारको ध्यान जानु आवश्यक छ ।

अहिले निषेधाज्ञाका बेला किसानहरूले उत्पादन बेच्न पाएका छैनन् । उत्पादन बेच्न नपाउँदा उनीहरूले नोक्सानी व्यहोर्नु परेको छ । किसानहरूलाई यो नोक्सानीबाट जोगाउन स्थानीय सरकारहरूले समन्वय र सहजीकरण गर्नु किसान र उपभोक्ता दुवैका लागि फलदायी हुनेछ । यसबाट स्थानीय तहहरूको कर्तव्य पनि पूरा हुन्छ ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved