स्थानीय

    Showing १-१० of ५,३३१ items.
  • ९१५ किलो गाँजासहित चार जना पक्राउ

    धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सहित चार जना पक्राउ परेका छन्। इनरुवा नगरपालिका–४ स्थित हनुमान मन्दिर नजिकै ज्ञानोदय टोलमा रहेको बुलबुल यादवको घरबाट प्रहरीले ९१५ किलो ६८० ग्राम गाँजा बरामद गरेको हो। लागूऔषध गाँजा बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आईतबार बिहान  १ः३० बजे बुलबुल यादवको घरमा खानतलासी गरेको थियो। सो क्रममा लुकाइछिपाइ राखिएको उक्त पदार्थ र प्र.१–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३

    • प्रकाशित मितिः कार्तिक २, २०८३
    • ३१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा ४ जना प्रहरी पुरस्कृत

    विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी बरिष्ट नायव निरीक्षक भुवन शिंह बोगटी, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बिक्रम दाहाल, जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी सहायक निरीक्षक साजना प्रसाई र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी बरिष्ट हवल्दार मेनुका राई यादव पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्रहरी कर्मचारीहरुले दिईएको जिम्मेवारी इमानदारी, अनुशासन र लगनशिल भई समाजमा शान्ति सुरक्षा, आम नागरिकमा प्रहरीको छवि उच्च बनाउने कार्यमा बि

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • ८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको भोटेपुलमा ट्रकको ठक्करबाट धनकुटाका ३६ वर्षीय दीपेन्द्रको मृत्यु

    धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा धनकुटाका ३६ वर्षीय दीपेन्द्र राज राईको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार दिउँसो करिब ३ः३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको को १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको प्र १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनकुटा नगरपालिका–९ बेलहराका राईको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक वबिन राईको कमान्डमा खटिएको टोलीले ट्रक र मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरीले

    • प्रकाशित मितिः असोज २९, २०८३
    • ६८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कारागारको गेटमै समातिए धरानका दुई महिला, प्याडभित्र लुकाइएको थियो लागुऔषध

    धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज्ने दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ का मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्। बिहीबार दिउँसो १२ः३० बजे विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागारको मुख्य गेटमा नियमित जाँच गर्ने क्रममा उनीहरूले वस्त्रको प्याडभित्र लुकाएर ल्याएको लागुऔषध फेला परेको हो। उनीहरूबाट हरियो रङका २४० थान र सुन्तला रङका २४० थान गरी कुल ४८० थान ट्याबलेट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। दुवै महिलालाई आवश्यक कारबाहीका लागि  कारागारमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको  छ।

    • प्रकाशित मितिः असोज २९, २०८३
    • १,०७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बस चेकजाँच गर्दा ब्राउन सुगरसहित ५१ वर्षीय बस्नेत पक्राउ

    धरान/ सुनसरीको धरानमा सार्वजनिक बसमा सवार एक जना यात्रु ब्राउन सुगर लागूऔषधसहित पक्राउ परेका छन्। बिहीबार बिहान ११ः२० बजे धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित प्रहरीले चेकजाँच गर्ने क्रममा बराहक्षेत्र नगरपालिका–२ निवासी ५१ वर्षीय मिलन बस्नेत पक्राउ परेका हुन्। इटहरीबाट धरानतर्फ आउँदै गरेको सार्वजनिक बसमा सवार बस्नेतमाथि शंका लागेपछि खानतलासी गर्दा उनको साथबाट ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थसहित बस्नेतलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः असोज २९, २०८३
    • ८१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बरगाछीमा पारिवारिक विवादले झैझगडा, चार जना प्रहरी नियन्त्रणमा

    धरान/सुनसरीको धरान–८ बरगाछी चोकमा सामान्य पारिवारिक विवादले झैझगडाको रूप लिएपछि चार जना प्रहरी नियन्त्रणमा परेका छन्। प्रहरीका अनुसार असोज २८ गते राति करिब ९ः१० बजे विकास राई, रिना राई, र २२ वर्षीय  देवराज धामी र देवराजकी श्रीमतीबीच पारिवारिक विषयलाई लिएर विवाद भएको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २९, २०८३
    • २,५६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ, ६ महिना कैद र १ लाख ५ हजार जरिवाना

    धरान/ लागूऔषध मुद्दामा ६ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय अमृत भनिने अपिन तामाङ रहेका छन्। अदालतको फैसलापछि फरार रहेका तामाङलाई असोज २७ गते राति ११ः५५ बजे धरान–५ स्थित तल्लो देउराली चोकबाट अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। जिल्ला अदालत सुनसरी, इनरुवाको २०८२ माघ २२ गतेको फैसलाअनुसार लागूऔषध मुद्दामा उनलाई ६ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी

    • प्रकाशित मितिः असोज २८, २०८३
    • १,३७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा अनाम रंगमञ्चको पुनरागमन, ‘देश खोजिरहेछु’ मार्फत समाजका बेथितिमाथि प्रश्न

    धरान/लामो समयपछि धरानको पुरानो नाट्य संस्था अनाम नाट्य जमात ‘अनाम रंगमञ्च’का रूपमा पुनः सक्रिय भएको छ । पुनरागमनसँगै रंगमञ्चले समाजका समसामयिक समस्या, नागरिकका पीडा र नेतृत्वप्रतिको असन्तुष्टिलाई समेटेर ‘देश खोजिरहेछु’ नाटक मञ्चन गर्ने तयारी गरेको छ । विसं २०४४ चैत २२ गते स्थापना भएको अनाम रंगमञ्चले यही असोज २८ गते बुधबार धरानस्थित हरियाली सामुदायिक भवनमा नाटक मञ्चन गर्ने भएको हो । नाटक दैनिक दिउँसो ४ बजे एक सो मात्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । नाटकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रंगमञ्चले कलामार्फत समाजका समस्यामाथि बहस सिर्जना गर्ने उद्देश्य रहेको ब

    • प्रकाशित मितिः असोज २७, २०८३
    • ८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पुस १ देखि २१औँ डिपो कप फुटबल

    धरान/ सुनसरीको धरान–१८ स्थित डिपो माध्यमिक विद्यालयको आयोजनामा १२ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरी अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। विद्यालयले पत्रकार भेटघाट कार्यक्रममार्फत ‘ललित अम्बर डिपो कप तथा स्व. दिलकुमार प्लेट च्याम्पियन कप–२०८३’ को २१औँ संस्करण आगामी पुस १ देखि ८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। प्राथमिक तहका विद्यार्थीको फुटबल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा बढीमा १६ विद्यालयले मात्र सहभागिता जनाउन पाउनेछन्। विद्यालयका प्राचार्य राजकुमार राईका अनुसार प्रतियोगितामा पहिले नाम दर्ता गराउने विद्यालयलाई प्राथमि

    • प्रकाशित मितिः असोज २७, २०८३
    • ८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जमरा राखेर दसैँको स्वागत, आजदेखि सुरु भयो नवरात्र

    धरान/ नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राख्ने परम्परा छ  आज पूजा कोठा वा दसैँघरमा दियो, कलश र गणेश स्थापना गरी देवी दुर्गाको आह्वानसहित पूजा आराधना गरिन्छ । चोखो माटो वा बालुवामा जौँ रोपेर जमरा राखिन्छ, जसलाई विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गरिन्छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिमा जमराका लागि जौँ रोप्ने चलन छ । कतिपयले कुल परम्पराअनुसार अन्य अन्न पनि रोप्ने गरेका छन् । नेपाल

    • प्रकाशित मितिः असोज २५, २०८३
    • १०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved