सुनसरी । ‘स्वरादि’ एल्बम बजार ल्याएर सांगितिक क्षेत्रमा चर्चा कमाएकी गायिका गंगा गजमेरको नयाँ गित ‘नरहे यो जिन्दगी’ सार्वजनिक भएको छ । आधा दर्जन गितहरु बजारमा ल्याईसकेकी गजमेरले नयाँ गित ‘नरहे यो जिन्दगी’ बोलको गित बजारमा ल्याएकी छिन् । म्युजिक भिडियो सहित उनको गित गत शुक्रबार युट्युब च्यानल मार्फत बजारमा आएको छ । गोलो प्रडक्सन नामक युट्युब च्यानलले ल्याएको गजमेरको ‘नरहे यो जिन्दगी’ गीतमा गोपाल लोहारको शब्द, मानशी किरणको संगीत तथा संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा रोश्नी कार्की र सञ्जय विश्वकर्माले अभिनय गरेका छन् । उत्तर रानामगरको
इटहरी । भर्खरै गायन क्षेत्रमा प्रवेश गरेका बालगायक संदेश पौडेलको आवाजमा ‘मेरी आमा’ बोलको नयाँ म्युजिक भिडियोे सार्वजनिक भएको छ । प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गितलाइ म्युजिक भिडियोको रूपमा भने राजकुमार कुवंर र गोबिन्द दुलालले निर्देशन गरेकाले गरेका छन । संदेश पौडेल र बरिष्ठ गायीका संगीता प्रधान राणाको स्वरमा रहेको म्युजिक भिडियोलाइ सह निर्देशनमा बिशाल केसी, छायाँकनमा अनिल जिसि, सम्पादन सिमली मिडियाले गरेको छ भने श्रृगारमा डेनि कोइराला रहेकी छिन । गितको रेकर्डिङ केहि दिन अघि सकिएपनि म्युजिक भिडियो भने भर्खरै बजारमा आएको मेरी आमा गीतका निर्देशक राजकुमार कुवरले बताए । त्यस
धरान । कोरोनाको महामारीले अस्तव्यस्त बनाएको देशको अवश्थालाई पुरानै अवश्थामा फर्काउन कृषि पेशानै उत्तम विकल्प रहेको प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले बताएकी छिन् । विगत ७ महिना देखिको कोरोनाको महामारीले प्रभावित बनेका अन्य पेशाहरु उठ्नै नसक्ने गरि थलिएको बेला कृषिले देशकै अर्थतन्त्र उठाउनमा टेवा पुग्ने उनले बताईन् । सरकारले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्न लागु गरेको सहुलियत दरका ऋण तथा अनुदानलाई सही सदुपयोग गर्दै वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नु पर्ने सामाजिक विकाश राज्यमन्त्री गजमेरले जोड दिइन् । उनले शनिबार मोरङको बेलवारी ६ मा संचालन रहेको बोराबाद बंगर फार्
धरान । विपदको जोखिमको हिसाबले सुनसरी संवेदनशिल क्षेत्र रहेको एक तथ्यांकले देखाएको छ । बाढी, पहिरो र सवारी दुर्घटना सहितको विपदको जोखिममा सुनसरी संवेदनशिल रहेको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना सुनसरी २०७७ मा उल्लेख गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिती सुनसरीले सार्वजनिक गरेको योजना पुस्तकमा जिल्लामा १० भन्दा बढी प्रकारका प्रकोपहरु हुने गरेको देखिएको छ । पुस्तकको आइतबार एक कार्यक्रमको आयोजना गरि प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारी र समितीका संयोजक सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख फणिन्द्रमणी पोखरेलले लोकार्पण गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा
धरान । गत शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागमा डायलासिस गराएका एक व्यक्तिमा कोरोना संक्रमण देखिए पछि कार्यरत स्टाफ नर्सहरु चिन्तीत बनेका छन् । कोरोना संक्रमण देखिएका व्यक्तिको दुई दिन पछि आएको रिपोर्ट पोजिटिभ देखियो । त्यस बिचमा धेरै बिरामीहरुको डायलासिस गरिएको छ भने काम गर्ने स्टाफ नर्स सहित कर्मचारीहरु पनि परिवारको सम्पर्कमा रहेका छन् । तर प्रतिष्ठानले उनीहरुको सुरक्षाको निम्ती कुनै पनि व्यवस्थापन नगरिदिएको डायलासिसमा कार्यरत स्टाफ नर्सहरुको गुनासो छ । नयाँ व्यक्तिको कुनै पनि कोरोना परिक्षण नगरी डायलासिस गर्दा अहिले अन्य बिरामीहरुको पनि डायलासिस सेवा रोकिएको
धरान । अस्पतालमा फ्रन्टलाइनमा बसेर बिरामीलाई सेवा दिने स्टाफ नर्सहरुनै कोरोनाको जोखिममा रहेका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा रहेका दुई जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भए पछि झन उनीहरुमा कोरोना संक्रमणको जोखिममा रहेका छन् । दिनहुँ बिरामीहरुको नजिक रहेर काम गरिरहेका उनीहरु ड्युटी सकिए पछि घर जानुपर्छ उनीहरुको घर पनि असुरक्षित नै हुन्छ । उनीहरुको सुरक्षाको लागि सम्बन्धित निकाय मौन रहेको छ । न त प्रतिष्ठानले उनीहरुको सुरक्षा सँगै पिसिआर जाँच तथा क्वारेन्टाइनको व्यवस्था गरिदिएको छ न त नर्सहरुको सँस्थाले नै उनीहरुको लागि कुनै पहल गरिदिएको छ । सोमब
इटहरी । आधा दर्जन बढी गतिमा स्वर दिइसकेकी पुर्वको चर्चित गयिकाको रुपमा चिनिदै आएका ईटहरीकी गयिका बिमला गुरुङको तिजको नयाँ गित सार्वजनिक भएको छ । उनको “चट्ट कपाल कोरी” बोलको नयाँ तिजको गित हालसालै सार्वजनिक भएको हो । अहिले तिजको गितमा बिकृति बढ्दै गएको र तिज नेपाली नारीहरुको महानचाडको महत्तव हराउन नदिन यो गित सार्वजनिक गरिएको गायिका गुरुङले बताईन् । नरेश खड्काको शब्दमा रहेको गीतमा कुन्दन राईले संगीत भरेका छन् । दिनेश राईले खिचेको उक्त भिडियो श्री कुमार साम्पाङले निर्देशन गरेका छन् ।
वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले सप्तकोशी नदीको स्थलगत अनुगमन गरेका छन् । वराहक्षेत्र नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं. ३, ४ र ५ बाहेक सबै वडा सप्तकोशी नदीको उच्च जोखिममा छन् । सोमबार सुनसरीका प्रहरी प्रमुख र प्रहरी अधिकृतहरुले समेत कोशी नदीको अवस्था बारे स्थलगत अवलोकन गरेका छन् । भारतीय जल संशाधन विभागका कर्मचारीहरु समेत अनुगमनका क्रममा उपस्थित रहेको नगरपालिका स्रोतले जनाएको छ । सोमबार बिहान ९ बजेसम्म सप्तकोशी नदीको वहाव ३ लाख ४४ हजार ९ सय ९० क्युसेक पुगेको कोशी ब्यारेजस्थित कन्ट्रोल रुमले जानकारी दिएको छ । वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले
धनकुटा/ गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार तुलसी पराजुलीको सङ्गीत रहेको गीतमा धनकुटाका अग्रज गायकहरुले स्वर दिएका छन् । जसमा तुलसी पराजुली, शम्भु राई, कृष्णभक्त राई, श्रेयसी चेम्जोङ, विष्णु चेम्जोङ र सानु लिम्बुको स्वर रहेको गीतकार अधिकारीले जानकारी दिए । गीतमा धनकुटाका संस्कृति, कला, पर्यटन, कृषि, भेषभुषा, पहिचान लगायत सम्वृद्धिको उठान गरिएको उनले बताए । धनकुटाका गायकहरुले एउटै गीतमा यति धेरै जनाले स्वर दिएको यो नै पहिलो गीत रहेको सङ्गीतकार तथा गायक तुलसी पराजुलीको भनाई छ । गीतको अडियो केहि समय अ
काठमाडौं। नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको उत्कृष्ट १० मा पर्न सफल भएका छन्। उत्कृष्ट २० जनाबाट धेरै भोट पाएर उनी उत्कृष्ट १० जनाभित्र पर्न सफल भएका हुन्। हिजो पनि दिवेशले दमदार प्रस्तुति दिए। उनको प्रस्तुतिलाई निर्णायकले 'तिम्रो लजालुपन नै तिम्रो गोप्य हतियार' भएको संज्ञा दिएका थिए। कोरोना भाइरसको संक्रमणको जोखिमका त्रासका कारण उनले घरबाटै प्रस्तुति दिएका थिए। ‘आर्थर गन’ को नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका दिवेश यसअघि उत्कृष्ट २० मा थिए। उत्कृष्ट १० मा पुगेको खुशीमा दिवेशले सामाजिक सञ्जाल मार्फत् भोट गर्ने र सहयोग गर्ने सबैलाई धन्