विदेश

    Showing 1-10 of 95 items.
  • 'अपरेशन सिन्दूर' शीर्षकमा बलिउडमा तीव्र प्रतिस्पर्धा, ५० भन्दा बढी निर्माता दौडमा

    काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका सात सहरमा रहेका नौ जना आतंकवादीहरू लुकेका स्थानमा सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ अहिले बलिउडमा चर्चाको विषय बनेको छ। सेनाको सफल सैन्य कारबाहीसँगै यसको नामलाई लिएर फिल्म निर्माण क्षेत्रमा तीव्र प्रतिस्पर्धा देखिएको हो। दैनिक भास्करको रिपोर्टअनुसार, हालसम्म करिब ५० फिल्म निर्माता ‘अपरेशन सिन्दूर’ शीर्षकमा चलचित्र बनाउने तयारीमा जुटेका छन्। फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (FWICE) अन्तर्गत इंडियन मोशन पिक्चर प्रोड्यूसर्स एसोसिएसन (IMPPA) का उपाध्यक्ष बीएन तिवारीले यो जानकारी दिएका छन्। उनका अनुसार अपरेशनक

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 219 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाहुरे बन्ने सपना: धरानमा बढ्दो आकर्षण, युवाको पहिलो रोजाइ सिंगापुर पुलिस

    धरान/  देशमा राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारीको बाबजुद, नेपाली युवाहरुले लाहुरे बन्ने सपना त्यागेका छैनन्। देशभित्र सम्भावना देख्न नसकेका युवाहरु विदेशमा भविष्य खोज्न आतुर छन्। लाहुरे बनेर आर्थिक समृद्धि र पारिवारिक सुखको सपना सजाउने युवा पुस्ताको पहिलो रोजाइ बनेको छ — सिंगापुर पुलिस। खोटाङका विनोद श्रेष्ठ धरानस्थित ब्रेफ गोरखा ट्रेनिङ सेन्टरमा लाहुरे बन्ने सम्भावनासहित तालिममा जुटिरहेका छन्। उनी भन्छन्, "नेपालमा स्थायीत्व नहुनु, बेरोजगारी बढ्नु र आत्मनिर्भर बन्ने अवसर नहुनुका कारण लाहुरेतर्फ मोडिन बाध्य भएका हौं।" यस्तै ताप्लेजुङका सुजन लिम्बु कक्षा १२ मा अध्ययनरत छ

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 301 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारत–पाक तनाव: ‘सिन्दूर अपरेसन’मा ४४ को ज्यान गयाे

    काठमाडौ/ दक्षिण एसियामा भारत र पाकिस्तानबीचको सैनिक तनाव फेरि उत्कर्षमा पुगेको छ। भारतले मे ७ को राति पाकिस्तानको सीमावर्ती क्षेत्रमा ‘सिन्दूर अपरेसन’ नाम दिइएको सैन्य कारबाही चलाएपछि दुवै देशमा गरी ४४ जनाको ज्यान गएको छ। भारतले पाकिस्तान प्रशासित कश्मीर र पन्जाब प्रान्तमा रहेका आतंकवादी शिविरहरूलाई लक्षित गर्दै हवाई हमला गरेको जनाएको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार यो कारबाही अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिशोध थियो। सो आक्रमणमा हिन्दू तीर्थयात्रीहरू मारिएका थिए, जसको जिम्मेवारी पाकिस्तानमा आधारित ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको थियो

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 215 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पत्तिको लोभमा श्रीमानलाई ‘मरेको’ घोषणा! जीवित भेटिएपछि वडाध्यक्ष प्रहरीको फन्दामा

    इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा एक महिलाले आफ्नै जीवित श्रीमानलाई मरेको घोषणा गर्दै अदालतमा न्यायिक मृत्युसिद्धिको माग गरेकी घटना अहिले चर्चाको शिखरमा छ। पैसाको लोभमा परेर स्थानीय जनप्रतिनिधिसँग मिलेमतो गर्दै मृत्युप्रमाणपत्र बनाउने काम भएको खुलासा भएपछि, यो घटनाले कानुनी, प्रशासनिक र नैतिकताको गम्भीर प्रश्न उठाएको छ। दीपबहादुर खड्का नाम गरेका ती व्यक्ति विदेशमा – कतारमा – जिउँदै भेटिएका छन्। तर उनका श्रीमती कुस्मादेवी खड्काले भने १२ वर्षदेखि सम्पर्कविहीन भएको भन्दै उनलाई ‘मरेको’ घोषणा गर्न अदालतमा निवेदन दिएकी थिइन्। साथमा इटहरी उपमहानगरपालिका&n

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 2,617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई महिनामै दुई नेपाली छात्रा मृत: केआईआईटीमा के हुँदैछ?

    धरान/भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह आफ्नै होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। पर्सा वीरगञ्जकी प्रिशा बिहीबार राति मृत भेटिएको पुष्टि विभिन्न सञ्चारमाध्यमहरूले गरेका छन्। उनकाे शव हाल अस्पतालमा राखिएको छ भने परिवार भारत पुगिसकेकाले पोष्टमार्टम प्रक्रिया अघि बढ्ने तयारीमा छ। यो घटना सामान्य देखिए पनि पछिल्लो अढाई महिनाभित्र केआईआईटीमै अर्की नेपाली छात्रा—प्रकृति लम्सालको पनि यस्तै शंकास्पद मृत्यु भइसकेको पृष्ठभूमिमा यो थप गम्भीर बनेको छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालय र

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 274 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्व मजदुर दिवस,यस्तो छ इतिहाँस

    ग्रेगोरियन क्यालेन्डर ईश्वी सम्वत सन् अनुसार प्रत्येक वर्ष मे महिनाको पहिलो दिन अन्तराष्ट्रिय मजदुर दिवसलाई विश्व भरका सबै मजदूर(वर्ग र मजदुरहरूको अधिकार, चासो, र प्रगतिको चिह्नका लागि “मे दिवस” भनेर पनि चिनिन्छ। यो दिन, विश्वभरका धेरै देशहरूमा राष्ट्रिय बिदा मनाइन्छ, यद्यपि उत्सवको मिति वा नाम भने फरक हुन सक्छ। रेमंड ल्याभिनले पेरिस बैठकमा प्रस्ताव गरे अनुसार सन् १८८९ वा बी।स। १९४६ मा एक वार्षिक दिवसको रूपमा वार्षिक आधारमा मे दिवस मनाउने निर्णय गरियो। रेमंड ल्याभिनले प्रस्ताव गरे कि “शिकागो दंगा” को वार्षिकोत्सव मनाउन अन्तराष्ट्रिय प्रदर्शन आवश्यक छ भन्ने निश्कर्ष अनु

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 185 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५ सयका ७ थान नक्कली नोटसहित भारतीय युवती विराटनगरमा समातिइन्

    विराटनगर/ विराटनगरस्थित एक किराना पसलमा सामान किन्न गएकी भारतीय युवती ५ सय दरका ७ थान नक्कली नोटसहित पक्राउ परेकी छन्। पक्राउ परेकी युवती भारत बिहारको अररिया जिल्ला घर भएकी १९ वर्षीया सिम्पी बैसन्ती हुन्। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार बैसन्ती विराटनगर महानगरपालिका–१३ मा रहेको किराना पसलमा बुधबार सामान किन्न गएकी थिइन्। पसलमा उनले भारतीय ५ सय रुपैयाँको नोट दिएकी थिइन्, जुन नक्कली भएको आशंका लागेपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बैसन्तीलाई नियन्त्रणमा लिएको थियो। खानतलासी गर्

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 433 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दौरा सुरुवालमै लन्डन म्याराथुन दौडेर गिनिज वर्ल्ड रेकर्ड!

    सुनसरी/ धरानका सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमै लन्डन म्याराथुन २०२५ पुरा गर्दै गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन्। लन्डनमा सम्पन्न विश्वकै प्रतिष्ठित म्याराथुनमा उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै इतिहास रचेका हुन्। राई धरान रन समूह र नेपाल रन यूके का संस्थापक हुन्। हाल सपरिवार युकेमा बसोबास गरिरहेका राईले गिनिज रेकर्डको प्रयाससहित नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर दौडमा सहभागिता जनाएका थिए। उनको सन्देश स्पष्ट छ – "खेलमार्फत नेपाली संस्कृति विश्वलाई देखाऔं।" यस अभियानमार्फत उनले जुम्लामा निर्माणाधीन ‘हाई

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 242 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुबईमा नेपाल फेस्टिबल भव्य

    दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्रीक पार्कमा नेपाल फेस्टिभल २०२५ भव्य रूपमा सम्पन्न भएको थियो । नेपाली संस्कृति, परम्परा, भाषा, साहित्य, संगीत, कला र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस ऐतिहासिक कार्यक्रममा करिब ४० हजारभन्दा बढी नेपाली तथा विदेशी दर्शकहरूको सहभागिता रहेको थियो। फेस्टिभल नेपाली राजदूतावास अबूधावीको संरक्षकत्वमा, नेपाल एसोसिएसन, एनआरएनए एनसीसी यूएईको संयोजनमा तथा नेपाली समाज यूएई, नेपाल बिजनेस काउन्सिल यूएई, नेपाल आदिवासी जनजाति महासंघ यूएई, नेपाल पत्रकार महासंघ यूएई शाखा लगायत यूएईमा क्रियाशील विभिन्न संघसंस्थाहरू

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 162 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्डमा हुने

    धरान ।नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ स्कटल्याण्डको राजधानी एडम्बरामा १९ जुलाई २०२५ मा आयोजना हुने भएको छ ।१० फेब्रुअरी २०१५ मा एक औपचारिक कार्यक्रम गरि ल्भउब िक्अयतबिलम ब्ककयअष्बतष्यल (ल्क्ब्) का अध्यक्ष तथा महोत्सव संयोजक बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव÷ नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको ब्यानर प्रदर्शन गरि औपचारिक रुपमा महोत्सवको घोषणा गर्नु भएको थियो ।स्कटल्याण्ड तर्फको आयोजक

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 195 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved