धरान/लामो समयपछि धरानको पुरानो नाट्य संस्था अनाम नाट्य जमात ‘अनाम रंगमञ्च’का रूपमा पुनः सक्रिय भएको छ । पुनरागमनसँगै रंगमञ्चले समाजका समसामयिक समस्या, नागरिकका पीडा र नेतृत्वप्रतिको असन्तुष्टिलाई समेटेर ‘देश खोजिरहेछु’ नाटक मञ्चन गर्ने तयारी गरेको छ । विसं २०४४ चैत २२ गते स्थापना भएको अनाम रंगमञ्चले यही असोज २८ गते बुधबार धरानस्थित हरियाली सामुदायिक भवनमा नाटक मञ्चन गर्ने भएको हो । नाटक दैनिक दिउँसो ४ बजे एक सो मात्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । नाटकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रंगमञ्चले कलामार्फत समाजका समस्यामाथि बहस सिर्जना गर्ने उद्देश्य रहेको ब
धरान/ धरान खेलकुद मञ्चले आयोजना गरेको तेस्रो धरान स्पोर्टस् अवार्डमा पत्रकारिता र खेलकुदतर्फ कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेत र कराते खेलाडी निगम तिम्सिना सम्मान तथा अवार्डबाट पुरस्कृत भएका छन्। शुक्रबार धरानमा आयोजित कार्यक्रममा खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा अग्रजलाई नगदसहित अवार्ड तथा सम्मान प्रदान गरिएको हो। कार्यक्रममा कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेतलाई खेलकुद पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार सम्मान प्रदान गरिएको छ। उनले नगद १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे। त्यस्तै, पब्लिक च्वाइस अवार्डमा करा
धरान/९० दशकका लोकप्रिय गीत–सङ्गीत र कलाकारका प्रस्तुतिले धरानको भिन्टेज बार एन्ड क्लबमा पुरानो पुस्ताको सांगीतिक सम्झना ताजा बनाएको छ। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा असोज १० गते शनिबार भएको ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ मा दर्शकहरू चर्चित पुराना गीतमा झुमेका थिए। धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा राति ११ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा ९० दशकमा लोकप्रिय गीतहरू कलाकारहरूले प्रत्यक्ष प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी दर्शकहरू कलाकारसँगै गीत गाउँदै र नाच्दै पुरानो सांगीतिक माहोलमा रमाएका थिए। कार्यक्रममा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले ‘बिर्सिएका
धरान/ नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनमा आएपछि दर्शकमाझ चर्चा बटुलिरहेको छ। गोर्खा सैनिकको पेन्सन, पारिवारिक सम्बन्ध, आर्थिक अभाव, प्रेम, त्याग र आमाको खोजीलाई कथाको केन्द्रमा राखिएको चलचित्रले सामाजिक यथार्थलाई भावनात्मक ढंगले पर्दामा उतारेको छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रको प्रचार–प्रसार तथा दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन निर्देशक माओत्से गुरुङ बुधबार धरान आइपुगे। धरान पूर्वगोर्खा सैनिक तथा लाहुरेको शहरका रूपमा परिचित भएकाले ‘पेन्सन पट्टा’का लागि धरानलाई महत्वपूर्ण दर्शक बजारका रूपमा हेरिएको छ। धरानमा आयोजित कार्यक्रममा निर्देशक
धरान/ धरान मेघा हिमालयन स्कुल/कलेजमा कक्षा-११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरूका लागि आयोजित स्वागत कार्यक्रममा सुहाना लिम्बू ‘मिस फ्रेसर’ र सेनिहाङ राई ‘मिस्टर फ्रेसर’ घोषित भएका छन्। धरान-१५ स्थित चुम्लुङ भवनमा शुक्रवार आयोजित कार्यक्रममा सुहानालाई ‘मिस प्रोभिन्स आइडल-२०२५’ की विजेता स्वर्णिम थापामगरले क्राउन लगाइदिएकी थिइन्। ‘मिस स्टेट-२०२१’ की विजेता तथा कोरियोग्राफर स्वेता भुजेलले स्यास लगाइदिएकी थिइन्। कलेजका अध्यक्ष राजेश विद्रोही र प्रिन्सिपल दीपक घिमिरेले सुहानालाई फ्लावर बुके तथा ट्रफी प्रदान गरे। त्यस
धरान/ सुनसरीको धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई भव्य कार्यक्रमबीच स्वागत गरिएको छ । धरान–१५ स्थित चुम्लुङ हिममा शुक्रबार आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीले गीत, नृत्यलगायत विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिँदै नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् । कार्यक्रममा विद्यार्थीले गायन तथा नृत्यका २२ वटा प्रस्तुति दिएका थिए । कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काले पानसमा दीप प्रज्ज्वलन गरेर गरेका थिए । उनले विद्यार्थीले कक्षाकोठाको पढाइसँगै अतिरिक्त क्रियाकलाप र जीवनम
काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ बताउँदै नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको दाबी गरेर रकम असुल गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्दै आएका २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्। प्रहरीका अनुसार बुढाले महिलालाई नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै रकम माग गरेका थिए। रकम नदिए ती तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै उनले पटक–पटक गरी ९ लाख ९५ हजार रुपैयाँ लिएको भन्ने सूचना प्र
काठमाडौं/ नाट्यकर्मी महासंघ नेपालले नेपाली रंगमञ्चको संस्थागत विकास, नाट्यकर्मीको पेशागत हित तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउन माग गर्दै प्रतिष्ठानसमक्ष ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष राजेन्द्र रिमालको नेतृत्वमा गएको टोलीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाललाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा नाट्यकर्मी महासंघको संस्थागत अस्तित्व र भूमिकालाई सम्मानपूर्वक स्वीकार गर्न, प्रतिष्ठान र महासंघबीच नियमित संस्थागत संवाद तथा समन्वयको संयन्त्र निर्माण गर्न र रंगमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माणम
काठमाडौं/ सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसो करिब १:३० बजेदेखि प्राविधिक समस्या देखिएको छ। डेक्स्टपबाट लगइन गर्दा आफ्नो फेसबुक नखुलेको धेरै प्रयोगकर्ताले गुनासो गरेका छन् । प्रयोगकर्ताको स्क्रिनमा देखिएको सन्देशमा साइटमा आएको प्राविधिक समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको जनाइएको छ। साथै, समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको उल्लेख गर्दै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरिएको छ। यो समस्या सबै प्रयोगकर्तामा देखिएको हो वा केही खातामा मात्र सीमित छ भन्ने यकिन भइसकेको छैन। यद्यपि, सामाजिक सञ्जालका विभिन्न माध्यममा धेरै प्रयोगकर्ताले आफूले पनि यस्तै समस्या भोगि
धरान/ सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट १०७ दशमलव ४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्याल