हाइकु साहित्यको सिर्जनाका कर्ममा नेपाली साहित्यले आधा शताब्ली काटेपछि यसको विकास अझ तीव्रतर हुँदै गएको छ । काव्यसाहित्यको मेसोमा हाइकु पछिल्लो सिर्जना भएर मात्र होइन संरचनागत प्रवृत्ति र आयामको सूक्ष्मताले पनि फुटकर कविता, गजल अथवा आख्यानका विधाजस्तो उपस्थितिमा देखिँदैन । सिर्जनाको अभियानमा कविताका केही रूपहरूमध्ये हाइकुमा कलम दरिलो पार्दै पुस्तकाकार कृतिको उपस्थितिमा आउनुभएको छ, धरान सुनसरीबाट भीम खतिवडा । भीम खतिवडाले काव्य र समालोचना र नियात्राका कृतिपश्चात् कविता र निबन्धका फुटकर रचनालाई क्रमशः प्रकाशनमा राखेर पाँचसय हाराहारी हृदयसंवेद्य हाइकुहरूको सङ्ग्रह शब्दहरूको शिविर प्रकाशन गर्नुभएको
साइबर संस्कृति: नवीन जीवनपद्दति भाषा नै सबै कुराको माध्यम बन्दछ । शाब्दिक रूपमा अंग्रेजीको साइबर तथा अंग्रेजीकै कल्चर शब्दको नेपाली रूपबाट ‘साइबर संस्कृति’ बनेको हो । साइबर नेटसँग सम्बद्ध साइबरले यन्त्रबाट सूचनाहरू प्रवाह गर्ने अर्थ राख्छ । अति संक्षेपमा सरल ढङ्गले भन्ने हो भने कम्प्युटरको प्रयोग र यसको सञ्जालले निर्माण गरेको यन्त्रनियन्त्रित अभौतिक (भर्चुअल) समाजमा बनेको संस्कृतिलाई नै हामी साइबर संस्कृति भन्दछौं । सन् १९६३ मा ‘द अक्सफोर्ड इङ्लिस डिक्सनरी’ले साइबर कल्चर शब्दको प्रारम्भिक प्रयोग गरेको बताउने साइबर संस्कृतिविद् ज्याकोबले यसलाई भौतिक पक्ष, सूचना सम्प्रेष
कुन हो साइबर युग ? साहित्य सामाजिक चेतनाको सुन्दर प्रतिरूप हो । ऐना मात्र नभएर यो समाज–रूपान्तरणको शक्तिशाली हतियार पनि हो । यसका विविध हाँगामध्ये कथा, कविता, उपन्यास, निबन्ध र नाटक बढी लोकप्रिय बनेका छन् । नेपाली साहित्यको सन्दर्भमा कथा मौलिक लोकजीवनबाट विकसित भएर हुर्किंदै आजको अवस्थामा वैश्विक युगजीवनका सबैखाले प्रवृत्तिहरू आत्मसात् गर्दै सम्पुष्ट बनेको विधा हो । हामी सूचना र प्रविधिका कारण ‘ग्लोबल भिलेज’का बासिन्दा हुँदै गएका छौं । आजका कथा आजकै जीवनशैलीमा आधारित हुन्छन् । भूमण्डलीकरणले मानवीय सम्बन्ध, सक्रियता र कृत्यहरूमा प्रभाव पारिदिएको छ । मैनालीको छिमेकी कथाका गुमान