स्वर्गीयःभीमज्वाला राई

  • चैत १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

म नरहेपनि  -रहिरहनेछ यो धरती
म मरेपनि -बाँचिरहनेछ यो दुनियाँ
मेरो प्राण रोकिएपनि - चलिरहनेछ यो बतास ।

bb

उसैगरी
प्रत्येक बिहान उदाउने छ घाम
हलो-कोदालो बोकेर मेलापात जानेछन् किसानहरु
पुस्तक बोकेर विद्यालय जानेछन् बालबालिकाहरु
उधोग- कलकारखाना तर्फ लामबद्धहुनेछन् मजदुरहरु ।

उजेली लिएर आउँदैछ जून
डाँडामाथिको घामलाई जुवामा नापेर
घर फर्कदैछन् गोठालाहरु
हतार घर फर्कदैछन् बजार गएकाहरु
मैले जस्तै सुनौलो विहानीको सपना देखिरहेछन् स्वप्नदर्शीहरू ।

म नहुँदा
आकास खस्ने छैन
पाताल भासिने छैन
सगरमाथा झुक्ने छैन
महासागर सुक्नेछैन
म नहुनु, मात्र म नहुनु हो, सपनाहरूको अन्त्य होइन ।

मेरो जीवन रोकिनु, सृष्टि रोकिनु होइन
मेरो मष्तिष्कले काम नगर्नु, ब्रह्माण्डको गति रोकिनु होइन
मेरो धुकधुकी रोकिनु, घडीको सुई टक्क अडिनु होइन
मेरो अवसान, मात्र मेरो अवसान हो, यो जगतको अवसान होइन ।

फरक यति मात्र हो
मेरी छोरीका लागि बुवा नहुनुको पीडा थपिनेछ
मेरी प्रेयसीका लागि खसम नहुनुको चोट थपिनेछ
परिवारका लागि एक सदस्य नहुनुको अभाव थपिनेछ
र, मेरो नामको अगाडी अलौकिक शब्द स्वर्गीय“ थपिनेछ ।
।।।

  • भीमज्वाला राई
    १४ चैत २०८१, धरान
  • Bhim rai jawala 2

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved