सामूहिक राजीनामाबीच हर्क साम्पाङद्वारा दुई नेता निष्कासित

  • जेठ २०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पार्टीभित्र विवाद उत्कर्षमा पुगेको देखिएको छ।

एकातिर पार्टीका प्रदेश सदस्य तथा सम्भावित प्रदेशसभा उम्मेदवार निनाचन्द्र राईसहित १०२ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् भने अर्कोतर्फ अध्यक्ष साम्पाङले दुई जना नेतामाथि कारबाही गर्दै पार्टीबाट निष्कासन गरेका छन्।

बुधबार जारी प्रेस विज्ञप्तिमा निनाचन्द्र राई नेतृत्वको समूहले हर्क साम्पाङले आफूहरूसँग गरेको राजनीतिक प्रतिबद्धता विपरीत निर्णय गरेको आरोप लगाएको छ। उनीहरूका अनुसार आगामी स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख तथा विभिन्न वडामा गरी १०२ जना उम्मेदवार उठाउने तयारीका क्रममा हर्क साम्पाङसँग पटक–पटक छलफल भएको थियो।

विज्ञप्तिमा हर्क साम्पाङले आफूहरूलाई धरानको नगर प्रमुखको उम्मेदवार बनाउने आश्वासन दिएको तर पछि फेसबुकमार्फत धरान–४ का पुर्व वडा अध्यक्ष धनबहादुर राईलाई उम्मेदवार घोषणा गरेर वाचा तोडेको आरोप लगाइएको छ। सोही कारण आफूहरूलाई धोका भएको महसुस गर्दै सामूहिक रूपमा पार्टी परित्याग गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।


यता अध्यक्ष हर्क साम्पाङले भने पार्टीभित्र विद्रोह नभएको दाबी गरेका छन्। उनले बुधबार फेसबुकमार्फत केन्द्रीय समितिका निलम्बित सदस्य पूर्ण गहतराज र प्रदेश समिति सदस्य राखी मेवाहाङलाई पार्टीबाट निष्कासित गरिएको जानकारी दिएका छन्।

साम्पाङले फेसबुकमा लेखेका छन्, “केन्द्रीय समितिका निलम्बित सदस्य पूर्ण गहतराज र प्रदेश समिति सदस्य राखी मेवाहाङ निष्कासित।”

निष्कासनको निर्णय सार्वजनिक भएपछि पार्टीभित्र विद्रोह भएको चर्चा चुलिए पनि साम्पाङले अर्को स्टाटसमार्फत त्यसको खण्डन गरेका छन्। उनले लेखेका छन्, “झगडालु २ जनालाई निकालिएको हो, विद्रोह सिद्रोह केही भएको होइन।”

यद्यपि, साम्पाङको दाबी र १०२ जना नेता–कार्यकर्ताले जारी गरेको सामूहिक राजीनामापत्रबीच ठूलो अन्तर देखिएको छ। राजीनामा दिने समूहमा केन्द्रीय सदस्य, प्रदेश सदस्यदेखि साधारण सदस्यसम्म रहेका छन्।

राजनीतिक विश्लेषकहरूले श्रम संस्कृति पार्टीभित्र देखिएको पछिल्लो घटनाक्रमलाई पार्टी स्थापनापछिको सबैभन्दा ठूलो आन्तरिक समस्याका रूपमा हेर्न थालेका छन्।

एक पक्षले नेतृत्वबाट धोका भएको आरोप लगाउँदै सामूहिक बहिर्गमनको घोषणा गरिरहेको छ भने अर्को पक्षले यसलाई केवल अनुशासन उल्लंघन गर्ने केही व्यक्तिमाथिको कारबाहीका रूपमा चित्रण गरिरहेको छ।

यस घटनाले धरानको स्थानीय राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। आगामी निर्वाचनको तयारी चलिरहेका बेला श्रम संस्कृति पार्टीभित्रको यो विवादले राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।

715512025_1614571790670732_1621630835696212175_n

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved