धरान/ अखिल नेपाल फुटबल संघ ९एन्फा० भित्रको आर्थिक अनियमिततासम्बन्धी मुद्दा र विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबलको भविष्य अन्योलमा परेको भन्दै कोशी प्रदेशका फुटबल सरोकारवालाले वर्तमान नेतृत्वको चर्को आलोचना गरेका छन्। उनीहरूले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेपाली फुटबललाई संकटबाट निकाल्न तत्काल निकास खोज्नुपर्ने बताएका छन् ।कोशी प्रदेश फुटबल संघको आयोजनामा धरानमा सम्पन्न चाडपर्वलक्षित शुभकामना आदानप्रदान तथा वर्तमान परिस्थितिसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी पूर्व अन्तर्राष्ट्रिय रेफ्री, पूर्व राष्ट्रिय खेलाडी तथा जिल्ला र प्रदेश
धरान/ सुनसरीको धरान–१८ स्थित डिपो माध्यमिक विद्यालयको आयोजनामा १२ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरी अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। विद्यालयले पत्रकार भेटघाट कार्यक्रममार्फत ‘ललित अम्बर डिपो कप तथा स्व. दिलकुमार प्लेट च्याम्पियन कप–२०८३’ को २१औँ संस्करण आगामी पुस १ देखि ८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। प्राथमिक तहका विद्यार्थीको फुटबल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा बढीमा १६ विद्यालयले मात्र सहभागिता जनाउन पाउनेछन्। विद्यालयका प्राचार्य राजकुमार राईका अनुसार प्रतियोगितामा पहिले नाम दर्ता गराउने विद्यालयलाई प्राथमि
धरान/ दोस्रो धरान सिटी रनिङ कप अन्तर क्लब फुटबल प्रतियोगिता २०८३ मङ्सिर १२ गतेदेखि १९ गतेसम्म धरानमा आयोजना हुने भएको छ । धरान सिटी फुटबल क्लब प्रालिको आयोजनामा हुने प्रतियोगिताका सम्पूर्ण खेल धरान–१६ स्थित धरान रंगशालामा सञ्चालन गरिने क्लबका अध्यक्ष विवेक राईले जानकारी दिए । प्रतियोगितामा आयोजकसहित धरानमा रहेका आठवटा फुटबल क्लब सहभागी हुनेछन् । क्लबका अनुसार प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी टोलीले धरानकै खेलाडीलाई प्राथमिकता दिने जनाइएको छ । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ तथा उपविजेता टोलीले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र
धरान/ धरान खेलकुद मञ्चले आयोजना गरेको तेस्रो धरान स्पोर्टस् अवार्डमा पत्रकारिता र खेलकुदतर्फ कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेत र कराते खेलाडी निगम तिम्सिना सम्मान तथा अवार्डबाट पुरस्कृत भएका छन्। शुक्रबार धरानमा आयोजित कार्यक्रममा खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा अग्रजलाई नगदसहित अवार्ड तथा सम्मान प्रदान गरिएको हो। कार्यक्रममा कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेतलाई खेलकुद पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार सम्मान प्रदान गरिएको छ। उनले नगद १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे। त्यस्तै, पब्लिक च्वाइस अवार्डमा करा
धरान/ मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न ‘इन्डो–नेपाल तेक्वान्दो च्याम्पियनसिप–२०८३’ मा सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय कलेजकी छात्रा युमी राईले दुई वटा स्वर्ण पदक जित्न सफल भएकी छिन्। कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा उद्घाटन गरिएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र मित्रराष्ट्र भारतका सयौँ खेलाडीहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाका बिच युमीले व्यक्तिगत पुम्सेतर्फ एक र जोडी (पेयर) पुम्सेतर्फ एक गरी कुल दुई वटा स्वर्ण पदक आफ्नो नाममा गरेकी हुन्। कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले यु एन नवोदयमा अध्ययनरत विद्यार्थीहरू पढा
धरान/ धरान–१७ स्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘एलिट एक्स बाझोगरा प्रथम खुला पुरुष बास्केटबल प्रतियोगिता’को उपाधि केभीसी हाउन्ड्सले जितेको छ। असोज ९ गते शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल तथा समापन मंगलबार सम्पन्न भएको हो। फाइनलमा झुनास एक्स होराइजनलाई १०३–७८ अंकले पराजित गर्दै केभीसी हाउन्ड्सले उपाधि जितेको आयोजक डेनिस सुब्बाले जानकारी दिए। सुब्बाका अनुसार प्रतियोगितामा विराटनगर, इटहरी, काठमाडौं, बेलबारीलगायतका स्थानका टिमसँगै धरानका ७ टिम गरी ११ टिमको सहभागिता रहेको थियो। उपाधि विजेता केभीसी हाउन्ड्सले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त
धरान/ धरान–११ स्थित मितेरी फुटसलले असोज २३ गते खुला मितेरी इनडोर फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता मितेरी स्पोर्टस् सेन्टरमा बिहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। विगत आठ वर्षदेखि सञ्चालनमा रहेको मितेरी फुटसलले खेलकुदमार्फत युवालाई कुलतबाट टाढा राख्दै शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो। पुनर्निर्माणपछि मितेरी स्पोर्टस् सेन्टरमा फुटसल प्रतियोगिता सञ्चालनका लागि सुविधा सम्पन्न इनडोर संरचना तयार गरिएको आयोजकको दाबी छ। आयोजकका अनुसार करिब २ करोड रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको स्पोर्टस् सेन्टरमा फुटसलसँगै
धरान/ धरानमा दोस्रो संस्करणको ‘गोधारा फेस्टिभ कप यू–१४’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। धरान–३ स्थित ‘युवा साथी’ संस्थाको आयोजनामा असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। बालबालिका तथा युवालाई कुसंगत, कुलत तथा मोबाइललगायतका विद्युतीय उपकरणको अत्यधिक प्रयोगबाट टाढा राख्दै उनीहरूको सर्वांगीण विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। नयाँ प्रतिभालाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्दै भविष्यका दक्ष खेलाडी उत्पादन गर्ने लक
धरान/ धरानका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै धरान खेलकुद मञ्चले तेस्रो ‘धरान खेलकुद अवार्ड’ आयोजना गर्ने भएको छ। मञ्चले आगामी असोज १२ गते सोमबार आयोजना गर्ने अवार्डमा विभिन्न खेल विधाका उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्री तथा प्राविधिक व्यक्तित्वलाई सम्मान गर्ने जनाएको छ। अवार्डको मुख्य आकर्षणका रूपमा यसपटक पहिलोपटक ‘धरान स्पोर्टस् पब्लिक च्वाइस’ सुरु गरिने भएको छ। धरानका चर्चित १० खेलाडीमध्ये मतका आधारमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई पुरस्कृत गरिने मञ्चका अध्यक्ष किशोर राईले शनिबार आयोजित पत
धरान/ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । यो प्रतियोगिता रात्रिकालीन हुने आयोजकले जनाएको छ । डी–१९ क्लब धरान–१९ को आयोजनामा आगामी कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो । क्लबले बिहीबार धरानमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित भारतको एक टोली र विभिन्न जिल्लाका गरी आठ टोलीको सहभागिता रहने जनाएको छ । प्रतियोगितामा एपीएफ क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, भारतको झारखण्डस्थित आक्वा फुटबल क्लब, बागमती फुटबल क्लब,