विराटनगर/ काठमाडौंमा आयोजना हुन लागेको ‘राष्ट्रिय महिला लिग’ फुटबल प्रतियोगिताका लागि विराटनगरको टोलीलाई बिदाइ गरिएको छ । गत वर्षको विजेता टोली विराटनगर महानगरपालिकाका खेलाडीलाई सोमबार महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिदाइ गरे । ‘महानगरपालिकाले दक्ष र व्यवसायी खेलाडी बनाउन विशेष योजना बनाएको छ,’ खेलाडीलाई बिदाइ गर्दै प्रमुख पराजुलीले भने, ‘गत वर्षको जस्तै खेलाडीले मेहनत गरे यस पटक पनि जित निकाल्न सक्ने छन् । तपाईंहरूले मैदानमा जुन परिश्रम र लगाव गरिरहनु भएको त्यसले पक्कै पनि सफलता दिलाउनेमा विश्वास्त छौं ।’‘यस पटक पनि लिग विजेता भए महानगरपाल
धरान । लागुपदार्थ दुव्र्यसनीहरुको निःशुल्क उपचार गर्ने उद्देश्य सहित धरानमा फुटसल प्रतियोगिता हुने भएको छ । दुव्र्यसनीहरुको पुर्नस्थापनामा सक्रिय रहेको संजीवनी उपचार तथा पुनस्र्थापना केन्द्रले धरानमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिताबाट संकलन भएको रकमले केन्द्रमा ५ जना आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई निःशुल्क उपचार प्रदान गरिने केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकारले बताए । केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्दै पुष २३ र २४ गते संजीवनी फुटसल प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगिता धरान १० धर्मपथस्थित धरान फुटसलमा हुनेछ । विजेताले ५१ हजार पुरस्कार पाउनेछ भने उ
धरानः शिक्षाको लागि च्यारिटी दौड नारा दिएर बर्षेनी आयोजना हुदै आएको धरान १० के रन, नवौं नेवा च्यारिटी आगामी फागुनमा हुने भएको छ । धरान रन समुहले शनिबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै फागुन ८ गते दौड प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । समुहका अध्यक्ष रमु राईका अनुसार यसपाली विगतको भन्दा फरक तरिकाले दौड प्रतियोगिता आयोजना हुनेछ । स्टे फिट एण्ड हेल्थी, फाइट अगेन्स्ट कोभिड १९ नारासहित आयोजना हुने प्रतियोगितामा बढीमा एक सय जना मात्र धावक धाविकाहरु सहभागी गराउने अध्यक्ष राईले बताए । ‘हामीले कोभिड १९ को कारण विगतमा जस्तो भव्यरुपमा यसपाली नगर्ने, र बढीमा उत्कृष्ट धावकधाविका इलिट रनर्
इटहरी । कोरोना त्रासकाका कारण स्थकित भएको खेलकुदका कार्यक्रमहरूले अब निरन्तराता पाउने भएको छ । सुनसरीको इटहरीमा आगामि पुस २२ गते देखि टि-२० कृकेट प्रतियोगिता हुने भएको छ । इटहरी वार्ड नं ६ अन्तरगत क्रिकेट टिमले आयोजना गर्ने उक्त क्रिकेटमा प्रदेश एकको सुनसरी , मोरङ र झापाबाट १० वटा टिमको सहभागिता हुने जनाइएको छ । कोरोनाको भय रहिरहदा अन्तराष्ट्रीय सुरक्षा मापदण्ड अपनाइ खेल सुरू गरिने इटहरी वार्ड नं ६ अन्तरगत क्रिकेट टिमका संयोजक आशिष कार्किले बताए । इटहरीको जनता मावी खेल मैदानमा हुने क्रिकेटको बिजयी टिमलाइ रू ३० हजार नगद र मेडल प्रदान गरिने छ भने उपबिजेतालाइ रू १५ हजार नगद साथै मेडल प्रदान गरि
धरान । दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता सहित विभिन्न खेलकुदमा योगदान पुर्याएका खेलाडिहरुलाई नेपाली कांग्रेसको केन्द्रिय खेलकुद विभागले सम्मान गरेको छ । धरान स्थित अमान बजारमा शनिबार आयोजित रक्तदान तथा सम्मान कार्यक्रममा बक्सिङका वरिष्ठ प्रशिक्षक अनुप लामा, टेवलटेनिसका प्रशिक्षक विनोद शाक्य र करातेका दिपेश शाक्य (मुकेश) लाई बिशेष सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाइएको थियो । यसैगरि, गएको सागमा स्वर्ण पदक विजेता ७ जना खेलाडीहरुलाई नगद १० हजार सहित सम्मान गरिएको थियो । कार्यक्रमका संयोजक सुरज लामाका अनुसार तेक्वान्दोबाट स्वर्ण विजेता सिना मादेन, सुशिला राई र स्वास्त
धरान । छैठौं र सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नम्बर १ बाट बास्केटबल टिमका क्याप्टेन रहेका २८ वर्षिय धरानका हेमन्त राई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुन चाहन्थे । तर ३ वर्ष अघि खेल्ने क्रममा घाइते भए पछि उनको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने सपना तुहियो । उनी अहिले विद्यालयहरुमा बास्केटबलको प्रशिक्षकका रुपमा रहेका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेशनल टिमबाट खेल्ने तयारीमा थिए । खेलको प्रशिक्षणकै क्रममा उनको घुँडामा चोट लागे पछि अप्रेशन नै गर्नुपर्यो । त्यस पछि उनी राष्ट्रिय खेलाडी त बन्न सकेनन्, खेलाडीको रुपमा खेल जिवन सकियो । उनी प्रदेश १ को तर्फबाट अण्डर स
धरान । धरान–१७ स्थित पट्नालीमा भएको प्रथम पट्नाली च्यालेन्ज कपको उपाधी बराहक्षेत्र फुटबल क्लब चतराले जितेको छ । उपाधीसँगै बराहक्षेत्रले ट्रफि र नगद ५० हजार पुरस्कार जितेको छ । उपविजेतामा सिमित भएको गोधुलीले ट्रफि सहित नगद २५ हजार पुरस्कार प्राप्त ग¥यो । शनिबार पटनाली खेल मैदानमा भएको फाइनल खेलमा धरानको गोधुली क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरमा पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा गोधुलीका मिलन राईको गोल बारमा लागेर बाहिरिएपछि बराहक्षेत्रले खेल जितेको थियो । बराहक्षेत्रले २–० ले पछि परेको स
धरान – नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले फेसबुक पेजमार्फत संक्रमण पुष्टि भएसगै आफु सेल्फ आईसोलेसनमा बसेको र चाडै ठिक भएर मैदान फर्कने विश्वास लिएको बताएका छन् ।
धरान । धरान–१७ स्थित पट्नालीमा भइरहेको प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र फुटबल क्लब चतरा र गोधुली फुटबल क्लब धरानबीच प्रतिष्पर्धा हुने भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा धरानको ज्योती एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बराहक्षेत्र फुटबल क्लबले फाइनलको यात्रा तय गरेको हो । ज्योती एफसीका क्याप्टेन योगेश राईको अनगोलमा बराहक्षेत्र विजयी भएको हो । शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलको म्यान अफ द म्याच बराहक्षेत्रका क्याप्टेन आकाश राई घोषित भए । उनलाई ट्रफी तथा नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो । शनिबार पटनाली खेल मैदानमा धरानको गोधुली क्लब र बराहक्षेत्र फुट
धरान । नेपाल र बंगलादेशबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । आजको खेल राजधानि ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार ४:४५ मा हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको दोस्रो खेलमा जित निकाल्ने दाउमा मैदान उत्रिने छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ः० ले पराजित भएको थियो ।बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो&nb