धरान महिला गोल्डकपको फाइनलमा पुग्यो एपिएफ, आर्मी २–० ले स्तब्ध !

  • मंसिर ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धरान उपमहानगरपालिका–१६ स्थित धरान रङ्गशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा दुई विभागीय टोलीबिच भएको प्रतिस्पर्धामा एपिएफले पहिलो हाफमै दुई गोल गरेको थियो ।

खेलको नवौँ मिनेटमा एपिएफका अनिता बस्नेतले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।

त्यस्तै, क्याप्टेन गीता राणाले पहिलो हाफको ४४औँ मिनेटमा अर्को गोल थपेकी थिइन् । खेलमा एपिएफकी गीता राणा ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

उनलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।

क्वाटरफाइनलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै, आर्मीले क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै एपिएफसँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गरेको हो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लबबिच प्रतिस्पर्धा हुने छ । उक्त खेलको विजेताले फाइनलमा एपिएफसँग उपाधिका लागि भिड्नेछ ।

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता यही मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई इभी स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

याक्थुङ सम्पदा संरक् ...

धरान/ याक्थुङ समुदायको भाषा, लिपि, इतिहास, संस्कृत ...

बराह सहकारीका मुख्य ...

धरान/  करिब ११ अर्ब रुपैयाँको सहकारी रकम अपचल ...

धरानमा ब्राउन सुगरसह ...

धरान/  धरानमा ब्राउन सुगर लागूऔषधसहित एक युवतीलाई ...

भेडेटारमा ६० मिटर तल ...

धनकुटा/  धनकुटाको भेडेटारमा टेम्पु सडकबाट करिब ६० ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved