काठमाडौं/ पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । प्रालिका अध्यक्ष दधीराम खरेलले बिहीबार उक्त रकम बराबरको चेक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र महासचिव डेकनाथ गौतममार्फत हस्तान्तरण गरेको हो । विनाशकारी बाढीका कारण भिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रालिले सहयोग गरेको हो । विपद्को पीडामा परेका नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सरकारको अभियानमा प्रालिले उक्त रकम हस्तान्तरण गरेको प्रालिका अध्यक्ष खर
धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस्या (अस्टियोपोरोसिस) पहिचान तथा उपचारका लागि रोटरी क्लब अफ धरान घोपाले धरानमा निःशुल्क अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार अभियान सञ्चालन गर्ने भएको छ। ‘स्वस्थ हड्डी, स्वस्थ वृद्धावस्था’ भन्ने नारासहित सञ्चालन हुने अभियानमा करिब १ हजार उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको प्रारम्भिक परीक्षण गर्ने लक्ष्य राखिएको छ। परीक्षणका क्रममा अस्टियोपोरोसिस पहिचान भएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराउने तयारी गरिएको क्लबले जनाएको छ। बुधबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी
काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले माता मनकामना भलाई तथा इन्भेस्टमेन्ट कम्पनी प्रा.लि. तथा यातायात प्रा.लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार १ सय ११ आर्थिक सहयोग गरेको छ । कम्पनीका अध्यक्ष देबिन श्रेष्ठका अनुसार बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति कम्पनी परिवारले दुःख व्यक्त गर्दै विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो । कम्पनीले विपत्तिका कारण प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता भएका व
धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको सन्देश दिँदै धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बाढी पीडितका लागि आर्थिक सहयोग संकलन गरेका छन्। रसुवा, धादिङ र नुवाकोटलगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले विद्यालयको हिबिस्कस बाल क्लबको सक्रियतामा सञ्चालन गरिएको अभियानबाट करिब ७१ हजार रुपैयाँ सहयोग संकलन भएको हो। विद्यालयमा आयोजित सहयोग संकलन कार्यक्रममा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
विराटनगर/ परोपकार अभियान समूह विराटनगरको आयोजनामा १९ औं राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भ पारेर पुस्तकालय दिवस र परोपकार पुस्तकालयका संस्थापक प्राज्ञ दधिराज सुवेदीको स्मृतिमा एक कार्यक्रम आयोजना भएको छ। उक्त कार्यक्रममा ूआजको सन्दर्भमा पुस्तकालयको आवश्यकता र दधिराज सुवेदीको बहुआयामिक व्यक्तित्वमाथिू विभिन्न विद्वानहरूले विचार प्रस्तुत गर्ने, शुभकामना तथा श्रद्धाञ्जली प्रदान गर्दै विषयवस्तु माथि चर्चा गर्ने कार्यक्रम गरिएको छ। परोपकार पुस्तकालयको स्थापनाको सन्दर्भमा संस्थापक दधिराज सुवेदीको योगदान बारे चर्चा गरिनुको साथै सुवेदीको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्ने कार्यक्रम सम
विराटनगर/ मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले करिब ६० किलो गाँजा बरामद गरेको छ। गए राति करिब ११ बजे दरैयाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल टोलीले ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोजेको थियो। प्रहरीका अनुसार टोलीले भ्यान रोक्न खोजेपछि चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि भ्यानको जाँच गर्दा दुई बोरामा राखिएको अन्दाजी ६० किलो लागूऔषध गाँजा फेला परेको हो। बरामद गाँजासहित भ्यानलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बीओपी दरैयामा ल्याएर राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा
सुनसरी/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तीन प्रमुख पदमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. स्मृति कार्कीको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले मंगलबार शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त गरेकी हुन्। मन्त्री मेहेताले शिक्षाध्यक्षमा प्राध्यापक डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बूलाई नियुक्त गरेकी हुन्। तीनवटै पदका लागि उपकुलपति कार्कीले तीन–तीन जनाको नाम सिफारिस गरेकी थिइन्। शिक्षाध्यक्षका लागि प्राध्यापक डा. शिवेन्द्र झासहित प्राध्यापक डा.
विराटनगर/ संखुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय निर्माण कम्पनीविरुद्ध कडा रुपमा प्रस्तुत भएको । निर्माण व्यवसायीले पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले तोकिएको समयसीमा भित्र प्रगति नदेखिए ठेक्का तोडेर कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको हो । मन्त्रालयमा आयोजित विशेष छलफलमा मन्त्री आचार्यले आयोजनाहरूलाई ‘क्रोनिक’ को संज्ञा दिँदै अब कुनै पनि बहानामा ढिलाइ सह्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कानुनी राज्यमा निर्माण व्य
धरान/ नेपाली काँग्रेस निकट जातीय सङ्गठन नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम केन्द्रीय महाधिवेशनले काठमाण्डौका सुवास राईलाई केन्द्रीय अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । संघव्दारा आज मङ्गलवार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिइएको हो । महाधिवेशन सोमवार किरात राई यायोख्खाको यलम्बर भवनमा भएको थियो । महाधिवेशनले राईको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतिमा चयन गरेको छ । नवगठित कार्यसमितिमा अध्यक्ष सुवासचन्द्र राई, निवर्तमान अध्यक्ष आनन्द सन्तोषी राई, उपाध्यक्ष राजाबाबु किराँती, उपाध्यक्ष सारिका राई, महामन्त्री खगेन्द्र राई, सहमहामन्त्री राजकुमार राई, सहमहा
काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक मङ्गलबार सिंहदरबारमा सुरु भएको छ। बैठकमा रास्वपाका प्रवक्ता जगदीश खरेल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, त्यसैगरी नेपाली कांग्रेसका संसदीय दलका निस्कल राई, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, पद्माकुमारी अर्याल सहभागी हुनुहुन्छ । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुर शाही, श्रम संस्कृति पार्टीका ध्रुव राई लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।