झापा/ एक समय हिलाम्मे र धुलाम्य टोल भनेर चिनिने मेचीनगरका धेरै ठाउँ अहिले कालोपत्रे सडकले चम्किन थालेका छन्। वर्षौंको प्रतिक्षा पछि नगरका वस्ती–गाउँ जोड्ने सडक विस्तार र स्तरोन्नतिले स्थानीयवासीको जीवनशैली बदलिन थालेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकाले एकपछि अर्को गर्दै दर्जनौँ ठाउँमा सडक कालोपत्रे, मर्मत र स्तरोन्नति गरेको छ। नगरका अधिकांश वडामा कालोपत्रे सडक पुगेको र ग्रामीण बस्तीलाई सहज यातायात सेवा उपलब्ध गराउन सडक पूर्वाधारमा तीव्र लगानी गरिएको छ। नगरको पूर्वाधार विकास शाखाका प्रमुख रोशन रिमालका अनुसार मेरीगोल्ड–महल्या चोक, खम्बुटार, केभी मार्ग, बालकल्याण मा
धरान/धरानकी उदयीमान नृत्य कलाकार इचिङ्सा लिम्बु मेरो डान्स युनिभर्स नामक अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताको उत्कृष्ट १० मा स्थान बनाउन सफल भएकी छन्। सोमबार सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिँदै उनी उत्कृष्ट १० मा प्रवेश गर्न सफल भएकी हुन्। हाल उनी प्रतियोगिताको भोटिङ चरणमा प्रवेश गरिसकेकी छन्। झापाको बिर्तामोडमा सम्पन्न अडिसनबाट छानिएर ‘मेरो डान्स युनिभर्स’को यात्रामा अगाडि बढेकी इचिङ्साले विभिन्न शैलीका नृत्य प्रस्तुत गर्दै निर्णायकहरूको मन जित्दै आएकी छन्। उत्कृष्ट १३ बाट सुरु भएको भोटिङ प्रक्रियामा उल्लेखनीय मत प्राप्त गर्दै उनी अहिले उत्कृष्ट १० मा पुगेकी हुन्। उक्त
-कुमार थापा वर्तमान शासन व्यवस्थामा जनप्रतिनिधि र कर्मचारी दुई पाटे सन्तुलन हुन-एकअर्काको अनुपूरक,एउटाले अर्कोलाई अवहेलना गर्न थालेमा तन्त्रको मर्म डगमगाउँछ, समृद्धिको सपना ध्वस्त हुन्छ। त्यसकारण राष्ट्रसेवक कर्मचारीहरूप्रति मेरो उच्च सम्मान छ, तर त्यो सम्मान अन्धो छैन । न त म सबैलाई एउटै तुलोमा जोख्ने गल्ती गर्छु। किनभने यो सत्य हो-धेरै कर्मचारीहरू इमानदार, कर्मनिष्ठ र सेवा भावले प्रेरित छन्। तर यसैबीच यस्ता पनि छन्, जसले पदको सदुपयोग होइन, भयङ्कर दुरुपयोग गरिरहेका छन् । जनप्रतिनिधिको सुझाव होइन, अपमान खोज्छन्; आफ्नो कर्तव्य होइन, दादागिरी देखाउँछन्। ती ‘सेवक’
रंगेली/ मोरङको रंगेली नगर अस्पताल देशभरका स्थानीय तह अन्तर्गतका अस्पतालहरूमध्ये नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको छ। न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गत सुशासन, व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा लगायतका विभिन्न सूचकहरूमा भएको मुल्यांकनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक हासिल गर्दै अग्रणी स्थान सुरक्षित गरेको हो। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा। राधिका थपलियाका अनुसार, हरेक ६–६ महिनामा गरिने मुल्यांकनमा पछिल्लो पटक रंगेली अस्पतालले महत्वपूर्ण सुधार गर्दै उल्लेखनीय अंक प्राप्त गर्न सफल भएको हो। “स्थानीय तह मातहतका अस्पतालहरूमध्ये रंगेली अस
धरान/डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको विशेष सहयोगमा विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ । प्रतियोगीता यहि श्रावण १५ गते देखि १९ गते सम्म हुने सोमवार डिपो स्कुलको हलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रतियोगिताका विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले
धरान/ सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा सोमबार राति एक १७ वर्षीया किशोरीको गोली हानी हत्या गरिएको छ। टाउकोमा गोली लागेका कारण किशोरी अर्चना खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। हत्या घटनामा मृतक किशोरीका आफ्नै भिनाजु संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतको बिहार राज्य अन्तर्गत पूर्णिया जिल्ला, पत्राहा पञ्चायत–१६ का २९ वर्षीय अजाज मियाँ जटले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। प्रहरीका अनुसार पारिवारिक वादविवादकै क्रममा सोमबार बिहान करिब १ बजे अर्चना खातुनमाथि ग
धरान । भोजपुरको आमचोकमा चटयाङ लागेर गंभीर घाइते भएका परिवारजनलाई आइतबार आमचौक सरोकार समाज सुनसरीले आर्थिक रकम सहयोग हस्तान्तरण गरेको छ । आमचौक ३ निवासी ४० बर्षिय भरत राई ,श्रीमती देविका र छोरी सुरक्षा तीनै जनालाई चटयाङ लागेर गंभीर घाइते बनाएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्नको लागि आमचोकवासीसँग सरोकार राख्ने आमचोैक सरोकार समाज सुनसरीले पीडितको लागि आर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो । समाजका अध्यक्ष राजेन्द्र राईका अनुसार आइतबार चटयाङ पीडितलाई संकलित रकम हस्तान्तरण गरिएको बताए । उनका अनुसार संकलित रकम मध्ये ३ लाख ६० हजार रुपैया प्रदान गरि
धरान/ धरान ८ अरुण टोलबाट एक किशोरीसहित तीनजनालाइ लागू औषध सहित धरान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सूचनाको अधारमा शनिवार राति करिब साढे १२ बजे पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले प्रहरी सहायक निरीक्षक गोबिन्द दर्जीको नेतृत्वमा शकाको आधारमा धरान–८ वस्ने ३५ वर्षीय उज्वल तामाङको कोठामा छापा मारेको थियो । छापा मार्ने क्रममा तामाङको साथबाट प्रतिबन्धित लागुऔषध डाईजेपाम १६२ थान र डिकोलिन १६४ थान बरामद भएको धरान प्रहरीले जनाएको छ । यसैगरि प्रहरीले धरान–८ स्थित सभागृह आसपासमा वस्ने ३४ वर्षीय चन्द्र कुमार लिम्बुको साथबाट ट्रामाडोल ३ थान, डि
धरान/ लागु औषध दुव्यसन नियन्त्रण तथा न्युनिकरणका लागि धरान ८ स्तरिय संयन्त्र गठन भएको छ । बिहिबार धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले वडाबासीहरुको भेला मार्फत दश सदस्यीय संयन्त्र घोषणा गर्नु भएको हो । धरान ८ नम्बर वडा सचिव भूपाल निरौलाको संयोजकत्वमा बनेको संयन्त्रमा जनप्रतिनिधि वडा सदस्य रबिन श्रेष्ठ, धरान बरगाछी प्रहरी पोष्टका प्रमुख हवलदार गोविन्द परियार, बमजन टोल विकास समितिका अध्यक्ष भागीरथ लिम्बू, लाङ्घाली टोल विकास समितिका अध्यष महेन्द्र श्रेष्ठ, नागरिक समाजका तर्फबाट गंगाप्रसाद लिम्बू र सुवास श्रेष्ठ, बरगाछी महिला समुहका अध्यक्ष उषा थापा क्षेत्री, ल्याबोरेटरी माबिका छात्रा अनुसा मह
धरान/ सुनसरीको देवानगंज गाउँपालिका–२ मा मकैको ढोडले छोपेर लुकाइएको अवस्थामा फेला परेको गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले मंगलबार साँझ ७ बजे गुरुदयाल यादवको घरमा खानतलासी गरेको थियो। सो क्रममा यादवको गोठघरमा बोरामा हालेर मकैको ढोडले छोपिएको अवस्थामा ५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनासँग सम्बन्धित आरोपमा घरधनी गुरुदयाल यादवका छोरा २० वर्षीय प्रकाश यादव र १९ वर्षीय धिरज यादवलाई प्रहरीले पक्राउ गरेको हो। हाल पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुस