धरान/ सुनसरीको धरान–१८ स्थित डिपो माध्यमिक विद्यालयको आयोजनामा १२ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरी अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। विद्यालयले पत्रकार भेटघाट कार्यक्रममार्फत ‘ललित अम्बर डिपो कप तथा स्व. दिलकुमार प्लेट च्याम्पियन कप–२०८३’ को २१औँ संस्करण आगामी पुस १ देखि ८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। प्राथमिक तहका विद्यार्थीको फुटबल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा बढीमा १६ विद्यालयले मात्र सहभागिता जनाउन पाउनेछन्। विद्यालयका प्राचार्य राजकुमार राईका अनुसार प्रतियोगितामा पहिले नाम दर्ता गराउने विद्यालयलाई प्राथमि
झापा/ झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटमा तीन महिनाका शिशुको मृत्यु भएको छ। ससुराले बुहारीमाथि कुटपिट गर्ने क्रममा उनको काखमा रहेका शिशु घाइते भएका थिए। दमक नगरपालिका–३ स्थित शिविरको सेक्टर डी–२ मा बिहीबार दिउँसो करिब १ः२० बजे एकै परिवारका सदस्यबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा ६८ वर्षीय मनबहादुर तामाङ, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बासिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारतीबीच झगडा भएको प्रहरीले जनाएको छ। झगडाका क्रममा मनबहादुरले बुहारी बिमलामाथि कुटपिट गर्दा उनको काखमा रहेका तीन महिनाका
बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकामा माध्यमिक बिद्यालय ( कक्षा ११-१२) स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । मङलवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टि स्थित जनहित क्लबको सभाहलमा उक्त माध्यमिक बिद्यालय ( कक्षा ११-१२) स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तह ( कक्षा ११-१२ ) का सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयका बिद्यार्थीहरु सहभागि रहेको बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीले बताए । हाजिरि जवाफ प्रतियोगितामा जीवन ज्योति इङ्लिस स्कल प्रथम भएकी छन्। राध
धरान/ धरान जुनियर जेसीजको आयोजनामा तीन दिने बृहत् विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ। स्थानीय युवा तथा विद्यार्थीलाई विपद्का बेला उद्धार, प्राथमिक उपचार तथा पूर्वतयारीमा सक्षम बनाउने उद्देश्यले असोज १६ गतेदेखि १८ गतेसम्म तालिम सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी बल धरान बेस क्याम्पको प्राविधिक सहयोगमा सञ्चालित तालिममा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) युकेश उप्रेती मुख्य प्रशिक्षकका रूपमा सहभागी थिए। उनलाई सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका इन्स्पेक्टर मेघराज राउत नेतृत्वको टोलीले सहयोग गरेको थियो। तालिममा आगलागी नियन्त्रण, भूकम्पपछि खोज तथा उद्धार, प्राथमिक उपचार, पौडी तथा लाइफगार्
धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन–नवोदय कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। बिहीबार धरान १५ मा रहेको चुमलुङ हिम कलेजले आयोजना गरेको ‘वेलकम एन्ड फेलिसिटेसन प्रोग्राम–२०८३’ मा कक्षा ११ का विज्ञान, व्यवस्थापन, कम्प्युटर व्यवस्थापन तथा होटल म्यानेजमेन्ट संकायमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए। कार्यक्रममा युएन–नवोदय कलेजका अध्यक्ष तथा
धरान/ मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न ‘इन्डो–नेपाल तेक्वान्दो च्याम्पियनसिप–२०८३’ मा सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय कलेजकी छात्रा युमी राईले दुई वटा स्वर्ण पदक जित्न सफल भएकी छिन्। कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा उद्घाटन गरिएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र मित्रराष्ट्र भारतका सयौँ खेलाडीहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाका बिच युमीले व्यक्तिगत पुम्सेतर्फ एक र जोडी (पेयर) पुम्सेतर्फ एक गरी कुल दुई वटा स्वर्ण पदक आफ्नो नाममा गरेकी हुन्। कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले यु एन नवोदयमा अध्ययनरत विद्यार्थीहरू पढा
धरान/ धरानमा लागूऔषध ट्रामोलसहित एक जना पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका–१६ मुस्कानचोकबाट ३५ वर्षीय निकेश तामाङलाई लागूऔषध ट्रामोलसहित प्रहरीले पक्राउ गरेको हो। मगलबार राति करिब १०ः३० बजे अस्थायी प्रहरी पोष्ट जोर सखुवाबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका तामाङलाई शंका लागेर चेकजाँच गरेको थियो। त्यस क्रममा उनको साथबाट ट्रामोल–१०० का १०० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित नियन्त्रणमा लिइएका तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धरान/ धरान–१७ स्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘एलिट एक्स बाझोगरा प्रथम खुला पुरुष बास्केटबल प्रतियोगिता’को उपाधि केभीसी हाउन्ड्सले जितेको छ। असोज ९ गते शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल तथा समापन मंगलबार सम्पन्न भएको हो। फाइनलमा झुनास एक्स होराइजनलाई १०३–७८ अंकले पराजित गर्दै केभीसी हाउन्ड्सले उपाधि जितेको आयोजक डेनिस सुब्बाले जानकारी दिए। सुब्बाका अनुसार प्रतियोगितामा विराटनगर, इटहरी, काठमाडौं, बेलबारीलगायतका स्थानका टिमसँगै धरानका ७ टिम गरी ११ टिमको सहभागिता रहेको थियो। उपाधि विजेता केभीसी हाउन्ड्सले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त
धरान/ धरानमा दोस्रो संस्करणको ‘गोधारा फेस्टिभ कप यू–१४’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। धरान–३ स्थित ‘युवा साथी’ संस्थाको आयोजनामा असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। बालबालिका तथा युवालाई कुसंगत, कुलत तथा मोबाइललगायतका विद्युतीय उपकरणको अत्यधिक प्रयोगबाट टाढा राख्दै उनीहरूको सर्वांगीण विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। नयाँ प्रतिभालाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्दै भविष्यका दक्ष खेलाडी उत्पादन गर्ने लक
धरान/ धरान उपमहानगरपालिका वडा नं. १० द्वारा ६२ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित वडास्तरीय वक्तृत्वकला प्रतियोगितामा युएन स्कुलकी छात्रा सेयमी गजमेर प्रथम भएकी छिन्। स्कुलमा कक्षा ७ मा अध्ययनरत सेयमीले उत्कृष्ट प्रस्तुति दिँदै प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी हुन्। प्रथम भएसँगै सेयमीलाई नगद रू. ५,००० (पाँच हजार) र कदरपत्रसहित सम्मानित गरिएको छ। स्कुलका प्रिन्सिपल सर्ण कुमार सम्बाहाम्फेले विद्यार्थीहरूको सफलतामा खुसी व्यक्त गर्दै युएन स्कुलका विद्यार्थीहरू पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि निरन्तर अब्बल साबित हुँदै आएको बताउनुभयो। "हामीले किताबी ज्ञानका साथसाथै समयसापेक्ष र यु