पुण्य क्रियेटिभिटी हबको दोस्रो साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

  • असार २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक विद्यालयमा ‘पुण्य क्रियेटिभिटी हब’को दोस्रो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

करीब एक वर्षअघि विद्यालयका पूर्वविद्यार्थी रामचन्द्र लिम्बुको संयोजकत्वमा स्थापना भएको हबले विद्यालयका छात्र–छात्राहरूलाई प्रविधि, प्रतियोगिता तथा रोबोटिक्स जस्ता सिर्जनात्मक गतिविधिमा सक्रिय बनाउँदै आएको छ।

विद्यार्थीहरूलाई अनुसन्धान तथा नवप्रवर्तनमा प्रेरित गर्न समेत संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

२०८२ असार २२ गते सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ।

सभाबाट गरिमा बस्नेत अध्यक्ष, सफलता चेम्जोङ उपाध्यक्ष, यथार्थ कटुवाल सचिव, म्यारोन थापा सह–सचिव र सरगम याख्या कोषाध्यक्षमा निर्वाचित भएका छन्। हबको नयाँ कार्यसमितिमा करिब २२ जना सदस्यहरू छन्।

कार्यक्रमका सुपरिवेक्षक टेकनाथ लिम्बुले यस गतिविधिबाट विद्यार्थीहरूमा थप उत्साह जाग्ने विश्वास व्यक्त गर्दै चौबिसे क्षेत्रको प्राविधिक तथा वैज्ञानिक क्षेत्रमा समेत हबले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।

धान भित्र्याउने कामद ...

सर्लाही/  धान भित्र्याउने कामदार नपाएर सर्लाहीका क ...

ससुरालीमै धारिलो हति ...

खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आह ...

होटलमा जुवाको खालमा ...

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शान ...

सप्तकोशीमा पानीबोट द ...

धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved