ससुरालीमै धारिलो हतियार प्रहार, श्रीमतीसहित चारजना गम्भीर घाइते

  • कार्तिक १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चारजना घाइते भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा ४३ वर्षीय नइन्द्र कुमार राई पक्राउ परेका छन्।

प्राप्त विवरणअनुसार नइन्द्र कुमार राई आफ्नै ससुरालीमा गएर धारिलो हतियार प्रहार गर्दा चारजना घाइते भएका हुन्।

घाइतेमध्ये उनकी श्रीमती ४० वर्षीया अन्जना राईको टाउकोको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

त्यस्तै, ६२ वर्षीया स्यामाउन राईको टाउको तथा दाहिने हातमा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।

२५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको छ भने नरेन्द्र राईको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ।

घाइते चारैजनालाई उपचारका लागि नगर अस्पताल दुर्छिममा ल्याइएको छ। उनीहरूको उपचार भइरहेको छ।

धारिलो हतियार प्रहार गर्ने नइन्द्र कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved