राजनीति

    Showing 1-10 of 1,945 items.
  • किरात राई सङ्घको केन्द्रीय अध्यक्षमा सुवासचन्द्र राई सर्वसम्मत

    धरान/ नेपाली काँग्रेस निकट जातीय सङ्गठन नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम केन्द्रीय महाधिवेशनले काठमाण्डौका सुवास राईलाई केन्द्रीय अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । संघव्दारा आज मङ्गलवार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिइएको हो । महाधिवेशन सोमवार किरात राई यायोख्खाको यलम्बर भवनमा भएको थियो । महाधिवेशनले राईको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतिमा चयन गरेको छ । नवगठित कार्यसमितिमा अध्यक्ष सुवासचन्द्र राई, निवर्तमान अध्यक्ष आनन्द सन्तोषी राई, उपाध्यक्ष राजाबाबु किराँती, उपाध्यक्ष सारिका राई, महामन्त्री खगेन्द्र राई, सहमहामन्त्री राजकुमार राई, सहमहा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 65 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्वदलीय संयन्त्र गठनबारे सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    काठमाडौँ/  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक मङ्गलबार सिंहदरबारमा सुरु भएको छ। बैठकमा रास्वपाका प्रवक्ता जगदीश खरेल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, त्यसैगरी नेपाली कांग्रेसका संसदीय दलका निस्कल राई, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, पद्माकुमारी अर्याल सहभागी हुनुहुन्छ । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुर शाही, श्रम संस्कृति पार्टीका ध्रुव राई लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 62 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतन्त्रवादी किरात राई सङ्घको पहिलो महाधिवेशन धरानमा

    धरान/ देशभक्त, जनपक्षीय र सक्षम नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने एजेण्डासहित नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन आगामी भदौ १५ गते धरानमा हुने भएको छ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घअन्तर्गत रहेको सङ्घले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै भदौ १५ गते सोमबार धरान–१० स्थित यलम्बर स्मृति सङ्ग्रहालयमा महाधिवेशन आयोजना गर्न लागेको जानकारी दिएको हो। महाधिवेशनमा कोशी प्रदेशका १४ जिल्लाका निर्वाचन क्षेत्रबाट ३/३ जना प्रतिनिधि, एउटामात्र निर्वाचन क्षेत्र रहेका जिल्लाबाट ४ जना तथा काठमाडौं उपत्यकाबाट समेत प्रतिनिध

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 114 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–६ को सरस्वती माविमा ८ महिनादेखि शिक्षक छैनन्, एसईई तयारीमा रहेका विद्यार्थी मारमा

    धरान/धरान उपमहानगरपालिका–६ पानबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षकको पद आठ महिनादेखि रिक्त रहँदा पठनपाठन प्रभावित भएको छ। आगामी एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीसमेत शिक्षक अभावका कारण प्रत्यक्ष मारमा परेका छन्। शिक्षक नियुक्तिको विषयलाई लिएर वडा अध्यक्ष भूपेन्द्र भट्टराई र धरानका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ। वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष भट्टराईले शिक्षक नियुक्तिका लागि पटक–पटक नगरपालिकासँग आग्रह गर्दा पनि समस्या समाधान नभएको आरोप लगाए। विद्यालयका प्रधानाध्यापक होम

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 321 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुलुङलाई जनजातिको सूचीमा राख्न सरकारसमक्ष दबाब, मन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

    धरान/ नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ केन्द्रीय समितिले कुलुङ समुदायलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्नुपर्ने लगायतका माग राख्दै कोशी प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ। संघका केन्द्रीय अध्यक्ष दौलथ कुलुङको नेतृत्वमा गएको टोलीले कोशी प्रदेश सरकारका नवगठित मन्त्रीहरूसँग भेट गर्दै कुलुङ समुदायको पहिचान, अधिकार र संस्थागत विकाससँग सम्बन्धित माग अघि सारेको हो। संघले कुलुङ समुदायलाई नेपालका आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न, अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि आईएलओ १६९ लाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न तथा संघको संस्थागत विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 324 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरीबाट लुटिएको सटगन लुकाउने सुमन कर्ण प्रहरी फन्दामा

    झापा/ जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६, आइतबारे घर भई दमक नगरपालिका–१, रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन्। शनिबार दमक नगरपालिका–४, त्रिवेणी चोकस्थित खयरबारीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त हतियार बरामद गरेको हो। गत भदौ २३ र २४ गते भएको जनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन कर्णले लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो। इलाका प्रह

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 109 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस युनियन सुनसरीमा आधा कार्यकाल मात्रिकालाई, आधा उषाकिरणलाई

    इटहरी/ नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा सञ्चारकर्मी मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन् । युनियनको तीन वर्षे कार्यकालका लागि भएको सहमतिअनुसार नेपाल र घिमिरेले आलोपालो अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् । सहमति अनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले युनियनको नेतृत्व गर्नेछन् भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरे अध्यक्ष बन्नेछिन् । युनियनको अधिवेशनमा नेतृत्वका लागि सहमति जुटेपछि दुवै जना निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्ष खुलातर्फ सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी र समावेशी उपाध्यक्षमा वीरेन्द्र साह र

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • 308 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ

    काठमाडौँ/ प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ गरेको छ । पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए।

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 98 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

    धरान/ सुनसरी, धनकुटा र उदयपुरका युवाहरूले जिल्लाका समसामयिक समस्या समाधान तथा नागरिक सुरक्षालाई प्रभावकारी बनाउन माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्। युवाहरूको टोलीले गृह मन्त्रालयमा पुगेर स्थानीयस्तरमा देखिएका सामाजिक, सुरक्षा तथा जनस्वास्थ्यसँग सम्बन्धित समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।  युवाहरूले लागूऔषध दुरुपयोग नियन्त्रण तथा पुनर्स्थापना सेवा विस्तार, गाँजा खेती नियन्त्रणसँगै वैकल्पिक तथा व्यावसायिक कृषि प्रवर्द्धन, सडक दुर्घटना न्यूनीकरणका लागि आधुनिक CCTV निगरानी, आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सेवा विस्तार, लागू

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 192 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्राफिक प्रहरीमाथि हातपात, श्रम संस्कृति पार्टीका श्रमदाता राई पक्राउ

    धरान/ ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा श्रम संस्कृति पार्टीका श्रमदाता सोमप्रसाद राई पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानबाट चेकिङमा खटिएका प्रहरी सहायक हवल्दार सुवास विकमाथि हातपात गरेको सूचना पाएपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०८३ साउन ३० गते साँझ करिब ५ः४० बजे धरान उपमहानगरपालिका–२ माछाभौडी क्षेत्रमा चेकिङका क्रममा घटना भएको थियो। धरान–११ बस्ने ३८ वर्षीय राईले ड्युटीमा खटिएका ट्राफिक प्रहरी विकमाथि हातपात गरेको प्रहरीले बताएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 176 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved