आफ्नै नामको फुटबल कपका लागि चन्दा माग्दै हर्क साम्पाङ

  • कार्तिक ९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ इटहरीमा मङ्सिर १० गतेदेखि हुने ‘हर्क साम्पाङ फुटबल कप’का लागि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक सहयोग आह्वान गरेपछि उनको फेसबुक पोस्टमा प्रतियोगिताको नामकरणदेखि सहयोग सङ्कलनको शैलीसम्म प्रश्न उठेका छन्।

साम्पाङले प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेपछि केही प्रयोगकर्ताले आफ्नै नाममा प्रतियोगिता आयोजना गरेर आफैँ रकम माग्नुको औचित्यमाथि प्रश्न गरेका छन् भने केहीले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्।

सुमन्त रौनियारले प्रतियोगिता खेलकुदको विकासका लागि हो वा व्यक्तिको प्रचारका लागि भन्ने प्रश्न उठाएका छन्।

उनले लेखेका छन्, ‘खेलकुदको विकासका लागि हो कि व्यक्तिको नाम प्रचार गर्नका लागि हो, हर्कजी?’फुटबल प्रतियोगिता प्रायः दिवङ्गत व्यक्तिको स्मृतिमा आयोजना हुने गरेको उल्लेख गर्दै रौनियारले जीवित व्यक्तिकै नाममा प्रतियोगिता राखिएकोमा आश्चर्य व्यक्त गरेका छन्।

प्रकाश पराजुलीले सहयोग आह्वानलाई व्यङ्ग्य गर्दै ‘भिख माग्न सुरु’ भन्ने टिप्पणी गरेका छन्।सुजन लामाले क्यूआरमार्फत सहयोग पठाउने विषयमा ‘क्यूआरमा पैसा हाल्नु जान्दिनँ, यहीँबाट झिकेर लैजाऊ’ भन्दै व्यङ्ग्य गरेका छन्।

सोबर्ण ओलीले पनि ‘हुन्छ हुन्छ, एक महिनाको तलब सबै सहयोग गरिदिउँला’ भन्ने प्रतिक्रिया दिएका छन्।

हिसाबकिताब नमिलेपछि ...

धरान/ धरानमा  हर्कराज राई (हर्क साम्पाङ) को परिकल् ...

धरानमा सिटी सफारी पल ...

धरान/ सुनसरीको धरान–११ सृजना चोकमा सिटी सफार ...

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved