‘नेपाली फुटबललाई संकटबाट निकाल्न तत्काल निकास खोज्नुपने आवश्यक’

  • असोज २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  अखिल नेपाल फुटबल संघ ९एन्फा० भित्रको आर्थिक अनियमिततासम्बन्धी मुद्दा र विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबलको भविष्य अन्योलमा परेको भन्दै कोशी प्रदेशका फुटबल सरोकारवालाले वर्तमान नेतृत्वको चर्को आलोचना गरेका छन्।

उनीहरूले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेपाली फुटबललाई संकटबाट निकाल्न तत्काल निकास खोज्नुपर्ने बताएका छन् ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा धरानमा सम्पन्न चाडपर्वलक्षित शुभकामना आदानप्रदान तथा वर्तमान परिस्थितिसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी पूर्व अन्तर्राष्ट्रिय रेफ्री, पूर्व राष्ट्रिय खेलाडी तथा जिल्ला र प्रदेश फुटबल संघका पदाधिकारीले एन्फाभित्रको बेथिति र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

कार्यक्रममा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नेपाली फुटबलको हितका लागि आफू पद त्याग गर्नसमेत तयार रहेको घोषणा गरे। आफूले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिँदा एन्फा जोगिने र फिफाको निलम्बन फुकुवा हुने भए तत्काल राजीनामा दिन तयार रहेको उनको भनाइ थियो ।

“आज कोशी प्रदेश अध्यक्ष पद छोड्दा एन्फा बच्छ र नेपाली फुटबलमाथिको फिफा ब्यान फुकुवा हुन्छ भने म अहिलेको अहिल्यै राजीनामा दिन तयार छु। व्यक्ति गौण हो, नेपाली फुटबल बाँच्नुपर्छ र नेपाली फुटबलले जित्नुपर्छ,” अध्यक्ष राईले भने। उनले पदभन्दा फुटबलको भविष्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै सरोकारवालाहरूले साझा धारणा बनाएर फिफासमक्ष आफ्नो आवाज पु¥याउनुपर्ने बताए ।

ख्यातिप्राप्त रेफ्री किरण गिरीले विगतदेखि नै खेलाडी, प्रशिक्षक र रेफ्रीलाई नेतृत्वको स्वार्थअनुसार प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए । नेतृत्वले प्राविधिक तथा प्रशासनिक विषयमा अनावश्यक हस्तक्षेप गर्ने र अरूको सल्लाह नसुन्ने प्रवृत्तिले संस्था कमजोर बनेको उनको टिप्पणी थियो ।

पूर्व राष्ट्रिय फुटबल खेलाडी दिपक राईले एन्फाको निर्वाचनमा कोशी प्रदेशले ठूलो समर्थन दिएर अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई नेतृत्वमा पु¥याए पनि अहिले प्रदेशले अपमान र बदनामी खेप्नुपरेको बताए । उनले वर्तमान नेतृत्वको पुनरागमन सम्भव नरहेको दाबी गर्दै फुटबललाई संकटबाट निकाल्न नयाँ निकास आवश्यक भएको उल्लेख गरे ।

जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष नविन राईले फिफाको निलम्बनले नेपाली फुटबललाई वर्षौँ पछाडि धकेलेको बताए । नेपालमा सरकारी लगानी न्यून रहेको अवस्थामा फिफा र एसियाली फुटबल महासंघ (एएफसी) बाट प्राप्त हुने सहयोग प्रभावित हुँदा फुटबलको विकास र खेलाडीको भविष्यमा गम्भीर असर पर्न सक्ने उनको भनाइ थियो ।

कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले वर्तमान केन्द्रीय नेतृत्व असफल भएको टिप्पणी गरे । आफूले कोशी प्रदेश अध्यक्ष पदबाट राजीनामा दिँदा एन्फा जोगिने र फिफाको निलम्बन फुकुवा हुने भए तत्काल राजीनामा दिन तयार रहेको उनको भनाइ थियो । व्यक्ति र पदभन्दा नेपाली फुटबलको भविष्य ठूलो भएकोले अब फुटबल खेललाई नेपालमा जोगाउनुपर्ने आवश्यकता रहेको बताए ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईविरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको विषयले पनि फुटबल वृत्तमा चर्चा पाएको छ । कोषाध्यक्ष रविन्द्र जोशीलाई १५ लाख रुपैयाँ र लेखा अधिकृत सञ्जीव पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको विवरण सार्वजनिक भएको छ ।

यद्यपि, आरोपितमाथि लागेको कसुर अदालतबाट अन्तिम रूपमा प्रमाणित भइसकेको छैन । यसैगरी, फिफाले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० बाट एन्फाको निर्वाचन प्रक्रियामा भएको भनिएको तेस्रो पक्षीय हस्तक्षेपलाई आधार बनाउँदै एन्फालाई निलम्बन गरेको हो । यसले नेपाली राष्ट्रिय टोली तथा क्लबहरूको अन्तर्राष्ट्रिय सहभागिता र एन्फाको अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा असर परेको छ ।

धरानमा अनाम रंगमञ्चक ...

धरान/लामो समयपछि धरानको पुरानो नाट्य संस्था अनाम नाट्य ...

धरानमा पुस १ देखि २१ ...

धरान/ सुनसरीको धरान–१८ स्थित डिपो माध्यमिक विद्या ...

जमरा राखेर दसैँको स् ...

धरान/ नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । ...

रोटेपिङ खेल्ने क्रमम ...

धरान/  मोरङको केराबारी गाउँपालिका–८ मा रोटेप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved