सप्तकोशीमा पानीबोट दुर्घटना अपडेट : ३ को मृत्यु, चालक प्रहरी नियन्त्रणमा

  • कार्तिक ९, २०८३
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा ब्रेक फेल भएर पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

दुर्घटनामा एक जना घाइते भएका छन् भने अन्य यात्रु सकुशल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो करिब २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्र चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट दुर्घटनामा परेको हो।

दुर्घटनापछि प्रहरी टोलीले चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पठाएको थियो।

उपचारका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई, करिब ६–७ वर्षीया एक बालिका र करिब ४०–५५ वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन्। उनको चतरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बेपत्ता हुनेमा झापाको कन्काई नगरपालिका–४ की निता मगरका सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई रहेका छन्।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पानीबोटमा सवार भोजपुरको हतुवागढी गाउँपालिका–४ का विष्णु सुनार, तीर्था रसाइली सुनार, पूजा तिरुवा र प्रज्वल तिरुवा घर फर्किएको प्रहरी विवरणमा उल्लेख छ।

सोही ठाउँका देवेन्द्र राई र रञ्जित राई पौडी खेलेर सकुशल बाहिर निस्किएका थिए। झापाको कन्काई नगरपालिका–४ की निता मगरको पनि उद्धार गरी घरतर्फ पठाइएको प्रहरीले जनाएको छ।

पानीबोटका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २४ वर्षीय सुमन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमान्डमा १४ जनाको टोली तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमान्डमा १६ जनाको टोली घटनास्थलमा खटिएको छ।

प्रहरीले बेपत्ताको खोजी तथा घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

इनरुवामा दुई जना पक् ...

इनरुवा/ सुनसरीको इनरुवामा मलद्वारमा लुकाएर ल्याइएक ...

बाढिपिडितलाइ सहयोगार ...

धरान/ नेप्लिज आर्ट एण्ड इण्टरटेन्टमेन्ट कम्युनिटी हङकङक ...

आफ्नै नामको फुटबल कप ...

धरान/ इटहरीमा मङ्सिर १० गतेदेखि हुने ‘हर्क साम्पा ...

हिसाबकिताब नमिलेपछि ...

धरान/ धरानमा  हर्कराज राई (हर्क साम्पाङ) को परिकल् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved