सुनसरीका पत्रकार आन्दोलित,इटहरीका मेयरलाई आरोप पुष्टि गर्न चेतावानी

  • असार २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलित भएका छन ।
इटहरी क्षेत्रको समग्र पत्रकारितालाई आक्षेप लगाउने गरि दिएको अभिव्यक्ति विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरी आन्दोलित भएको हो ।

गत शुक्रवार बिहान नगरप्रमुख पौडेलले आफ्नो आधिकारिक फेसबुक पेजमा कुनै प्रमाणबिना नै इटहरीको समग्र पत्रकारिता ‘दानापानी नझरेपछि लाज छोप्न समाचार प्रकाशन गर्ने गरेको आरोप लगाएका थिए । उनले समग्रमा पत्रकारलाई लाञ्छना लगाएको तर प्रमाण नदिएको भन्दै पत्रकार महासंघ आन्दोलित भएको हो ।
बुधवार नगरप्रमुख पौडेललाई पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाउँदै आरोप पुष्टि गर्न चेतावनी दिएको छ । बिहीबार इटहरीमा सक्रिय तथा अग्रज पत्रकारहरूको भेला आयोजना गर्दै आन्दोलनको कार्यक्रम सशक्त बनाउने कार्यक्रम रहेको छ ।

इटहरीका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक समाज तथा सरोकारवाला निकायसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा छलफल गर्ने, सूचनाको हक प्रयोग गर्दै इटहरी उपमहानगरपालिका भित्रका सूचना माग गर्नको लागि आह्वान गर्ने, नगरप्रमुख पौडेलले प्रतिनिधित्व गर्ने पार्टी नेपाली काँग्रेसको जिल्ला, प्रदेश र केन्द्रीय समितिमा ध्यानाकर्षण पत्र बुझाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति आधिकारिक धारणा माग गर्ने लगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पौडेलले शुक्रवार सामाजिक सञ्जालमा भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ , पहिला हाम्रो सचिवालय मा पठाउँछन्, केही झर्दैन दानापानी अनि लाज ले प्रकाशन, प्रसारण गछर्न, विचित्र को पत्रकारिता छ इटहरीमा भनेर लेखेका थिए ।

सो विषयमा पत्रकार महासंघले विज्ञप्ति निकाल्दै दानापानी माग्ने पत्रकारको नाम माग गरेको थियो तर अहिले सम्म मेयर पौडेलले नाम दिन सकेका छैनन्।सुनसरीका विभिन्न पत्रकार संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी अपात्ती जनाएका छन् भने मेयर पौडेललाई ध्यानाकर्षण सहित आन्दोलनको चेतावानी समेत दिएका छन् ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved