सामुदायिक स्कुल ओरालो लाग्दा धरानको पब्लिक हाईस्कुल चढ्यो शिखर , जिल्लाकै उत्कृष्ट

  • असार २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको औसत परिणाममा केही सुधार देखाए पनि धरान क्षेत्रका अधिकांश सरकारी स्कुलहरूको अवस्था भने चिन्ताजनक देखिएको छ। यसैबीच, धरानको पब्लिक हाईस्कुल भने जिल्लाकै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ।

८४,९२५ विद्यार्थी उत्तीर्ण, १७ जना ३,६ जीपीएभन्दा माथिको नतिजा ल्याउन सफल — यसले धरानका अन्य सामुदायिक विद्यालयको तुलनामा पब्लिक हाईस्कुल किन अग्रस्थानमा रहन सफल भयो भन्ने प्रश्न उठाउँछ।

प्रधानाध्यापक डा.इन्द्र मोहन झाले भने,, “यो लज्जास्पद अवस्था भन्न मिल्दैन, तर समग्र सामुदायिक स्कुलले आत्मसमीक्षा गर्नु पर्ने अवस्था पक्कै हो।” उनले पब्लिक हाईस्कुलको सफलताको श्रेय विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापनको साझा मेहनतलाई दिएका छन्।

पब्लिक हाईस्कुलले विगतको भन्दा पढाइको ढाँचा र समयव्यवस्थापन परिवर्तन गरेको प्राचार्य बताउँछन्। “पहिले ३ बज्दा हिँड्ने शिक्षकहरू अब बेलुका टाउको उठाउने फुर्सद नपाउने गरी काममा छन्,” उनी भन्छन्।

विद्यालयमा कक्षा १२ सम्म पढाइ हुँदै आएको छ भने कक्षा ११ का लागि हालसम्म ७ सय हाराहारीमा विद्यार्थीहरू भर्ना प्रक्रियामा छन्। ताप्लेजुङदेखि सप्तरीसम्मका विद्यार्थीहरू पब्लिकमा अध्ययन गर्न आइरहेका छन्। “यो स्कुल मेरो ड्रीम थियो” भन्ने विद्यार्थीको अभिव्यक्तिले विद्यालयको प्रभाव स्पष्ट हुन्छ।

indra

विद्यालयमा इन्ट्रान्स अनिवार्य गरिएको छ। ५९४ विद्यार्थी सहभागी भएको पहिलो इन्ट्रान्सपछि ४६५ जनाले पास गरेर नाम दर्ता गराएका छन्। अब दोश्रो इन्ट्रान्स पनि सञ्चालन हुँदैछ। “हामीले एकैचोटि इन्ट्रान्स गरेर प्रक्रिया बन्द गर्न सक्दैनौँ, किनभने धेरै अभिभावक सूचना नपाएर पछि मात्र आउनुहुन्छ,” प्राचार्य भन्छन्।

विद्यालयले प्रायः १६ हजारदेखि ३३ हजारसम्मको सहयोग शुल्क लिने गर्छ। विषय अनुसार फरक शुल्क तय गरिएको छ — साइन्सका लागि २७ हजार, कम्प्युटर साइन्सका लागि ३३ हजार, होटल म्यानेजमेन्टका लागि २३ हजार। “यो शुल्क आफैँमा न्यूनतम हो, जहाँ एक रुपैयाँ पनि अतिरिक्त शुल्क १२ कक्षामा गएर लिइँदैन,” प्राचार्यको भनाइ छ।

२२ गते भर्ना गराएका सबै विद्यार्थीहरूलाई निःशुल्क पुस्तक वितरण गरिएको हो। अहिले भने अनिवार्य विषयका पुस्तक मात्र निःशुल्क दिइँदैछ।

शून्य नतिजा ल्याउने सामुदायिक विद्यालयहरूलाई सुधारका लागि प्रेरणा लिनु पर्ने बताउँदै प्रधानाध्यापक डा.झाले भने,“पब्लिकले राम्रो गरेपछि सवै विद्यालयले पनि  सुधारको बाटो तर्फ अवस्य जानु नै पर्दछ,असंभव भने केही छैन । ” 

विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकको चारवटै पिलर मजबुत बनाउँदा मात्र सामुदायिक शिक्षाको पुनर्जागरण सम्भव हुने प्राचार्यको धारणा छ।

भिडियो:

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved