सडक सुरक्षामा गम्भीर बनौँ

  • असार २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्यान जाने गरेको छ । दुर्घटनामा परेर अङ्गभङ्ग हुने र अर्काको सहारामा जीवन बिताउनुपर्ने अवस्थामा पुग्ने नागरिकहरूको सङ्ख्या अझ बढी छ ।

त्यसकारण सडक सुरक्षा अहिले जटिल चुनौतीको रूपमा देखा परेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा सवारी दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ । गृह मन्त्रालयले जनाएअनुसार २०८० सालको पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सवारी दुर्घटनामा एक हजार एक सय ४९ जनाले ज्यान गुमाएका थिए । भने यो वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको मृत्यु भएको छ ।

गत वर्षको ६ महिनाको तुलनामा ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । यो वर्ष ६ महिनामा दुर्घटनाको सङ्ख्या घटे पनि ज्यान गुमाउनेको सङ्ख्या बढी छ । यो सानो सङ्ख्या होइन ।

यसले पनि सवारी दुर्घटनाको भयावह अवस्थालाई इङ्गित गर्छ । गृह मन्त्रालयको अभिलेखअनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्या बढेको छ भने मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यकाबाहेक) मा दुर्घटनाको सङ्ख्या बढे पनि ज्यान गुमाउनेको सङ्ख्या घटेको छ ।

जे होस्, दुर्घटनाको अवस्था डरलाग्दो छ ।
हरेक मानिसको जीवनको मूल्य बराबर हुन्छ । अनाहकमा कसैले पनि ज्यान गुमाउनु स्वाभाविक विषय हुँदै होइन । ज्यान गुमाउनेले त गुमाइहाले । परिवार तिनकै भरमा चलेको छ भने तिनमा आश्रित परिवारको जीवन थप कष्टकर बन्न पुग्छ ।

दुर्घटनाका कारण जीवनभर अपाङ्ग बनेर बाँच्नुपर्ने अवस्था आउनु अझ कष्टकर बन्न पुग्छ । बिरामीको स्याहारसुसारमा परिवारका सदस्यहरू खट्नुपर्ने अवस्था आउँछ । परिवारका सदस्यहरूले आर्थिक स्रोत जुटाउँदै बिरामीको स्याहारसुसार पनि गर्नु कम जटिल हुँदैन ? त्यसैले सडक सुरक्षालाई राज्यका निकायसँगै सबैले प्राथमिकतामा राख्नु आवश्यक छ ।
दुर्घटनाका अनेक कारणहरू छन् ।

यी कारणहरूको विश्लेषण गरेर दुर्घटना न्यूनीकरणसँगै क्षति न्यूनीकरणका उपायहरू पनि अपनाउनु आवश्यक देखिन्छ । हरेक वर्ष सवारी साधनको सङ्ख्या अनियन्त्रित रूपमा बढ्दै जाने तर त्यस अनुपातमा सडकको लम्बाइ नबढ्ने कारणले सडकमा सवारीको चाप बढ्दो छ । कतिपय सडकहरू जीर्ण अवस्थामा पुगेका छन् ।

सवारी दुर्घटनाका यी कारणहरू पनि देखिएका छन् । यससँगै लापरवाहीपूर्वक सवारी साधन चलाउने तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिने गरिएका कारण पनि दुर्घटना हुने गरेका छन् ।

त्यस कारण सवारी चालक र पैदल यात्रुले पनि ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान दिनुपर्छ भने सरकारले पनि बेलैमा सडक मर्मत–सम्भार गर्नु अपेक्षित छ । सडक सुरक्षामा सबै पक्ष सचेत हुनैपर्छ । कुनै एक पक्षमात्र सचेत बनेर सडक सुरक्षालाई चुस्त बनाउन सकिन्छ । यसतर्पm सबैको ध्यान जानुपर्छ ।

 

सामुदायिक स्कुल ओराल ...

धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको ...

प्रधानमन्त्री ओली शन ...

धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ...

पति युवतीको कोठामा ग ...

झापा / झापाको अर्जुनधारा नगरपालिका–८ मा सोमब ...

झापामा लागुऔषध डिलर ...

 झापा/ झापाको भद्रपुर नगरपालिका–७ मा ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved