प्रधानमन्त्री ओली शनिबार झापा–इलामका विकास योजना उद्घाटन गर्न आउँदै

  • असार २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाईल तस्बिर

धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली शनिबार झापा र इलामका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन आउँदै छन्।

दुई दिने पूर्वी दौडानमा उनले अस्पताल उद्घाटनदेखि खानेपानी आयोजना र सडक शिलान्याससम्मका कार्यहरूमा सहभागिता जनाउने कार्यक्रम छ।

एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार प्रधानमन्त्री ओली आइतबार र सोमबार (असार २९ र ३०) इलाम र झापाका विभिन्न स्थानमा पुग्ने छन्। आइतबार बिहान बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने अस्पतालको उद्घाटनपछि उनी इलामको माई नगरपालिकातर्फ जानेछन्।

माई नगरपालिकामा ओलीले नगर अस्पताल उद्घाटन गर्नुका साथै जग्गा धनीपूर्जा वितरण तथा खानेपानी आयोजना शिलान्यास गर्ने कार्यक्रम तय गरिएको नगर प्रमुख खम्बासिं लिम्बूले जानकारी दिए। त्यही दिन साँझ ओली कन्काई नगरपालिकामा हुने जग्गा धनीपूर्जा वितरण कार्यक्रममा समेत सहभागी हुनेछन्।

सोमबार भने उनले दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वी क्षेत्रतर्फ विस्तार हुँदै गरेको मदनडाँगी–ताराबारी–डिपो सडकखण्ड उद्घाटन गर्ने छन्। त्यसपछि बिर्तामोडको सिटी सेन्टरमा आयोजना हुने एमाले कार्यकर्ता भेलालाई सम्बोधन गरी उनी काठमाडौं फर्किने कार्यक्रम छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved