पति युवतीको कोठामा गएको निहुँमा सामूहिक आक्रमण, २२ वर्षीया गंगाको हत्या,पाँच जना पक्राउ

  • असार २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा / झापाको अर्जुनधारा नगरपालिका–८ मा सोमबार राति सामूहिक कुटपिटको घटनामा परी एक २२ वर्षीया युवतीले ज्यान गुमाएकी छन्। मृतक अर्जुनधारा–४ भाङवारीकी गङ्गा राई हुन्, जो शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्दै आएकी थिइन्।

घटनाको जड श्रीमान–श्रीमतीबीचको विवादबाट सुरु भएको हो। गङ्गा राईको कोठामा आफ्ना श्रीमान् रमेश भुसाल गएको थाहा पाएपछि, रमेशकी श्रीमती सुस्मिता भुसालले रिसको झोकमा साथीहरू बोलाएर सामूहिक आक्रमण गराएकी थिइन्।

सुस्मितासँगै ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासले गङ्गामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकी गङ्गालाई शनिश्चरेस्थित शंकर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। तर, उनको अवस्था जटिल बन्दै गएपछि सोमबार राति १ः२० बजे निधन भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ।

घटनामा संलग्न सुस्मिता भुसाल, उनका श्रीमान रमेश भुसालसहित अन्य पाँच जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि भद्रपुर पठाउने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सामुदायिक स्कुल ओराल ...

धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको ...

सडक सुरक्षामा गम्भीर ...

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्य ...

प्रधानमन्त्री ओली शन ...

धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ...

झापामा लागुऔषध डिलर ...

 झापा/ झापाको भद्रपुर नगरपालिका–७ मा ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved