हिबिस्कस बोर्डिङमा उद्घोषणकला तथा नेतृत्व विकास तालिम सुरु

  • साउन ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर्मी बिदाको सदुपयोग गर्दै विद्यार्थीका लागि पाँचदिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ।

 सोमबारदेखि सुरु भएको तालिम शुक्रबारसम्म सञ्चालन हुने विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले जानकारी दिए। उनका अनुसार बिदाको समयलाई सिर्जनात्मक रूपमा उपयोग गर्दै विद्यार्थीको बोल्ने कला, प्रस्तुतीकरण क्षमता, आत्मविश्वास र नेतृत्व विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिम अवधिभर औपचारिक कार्यक्रम सञ्चालन, उद्घोषणकला, वक्तृत्वकला, प्रभावकारी प्रस्तुतीकरण, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व विकाससम्बन्धी विषयमा विद्यार्थीलाई व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइनेछ। तालिमको सहजीकरण सञ्चारकर्मी तथा प्रशिक्षक तीर्थ कार्कीले गरिरहेका छन्।

तालिममा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको स्कुलका अतिरिक्त क्रीयाकलाप संयोजक नयनराज राईले जानकारी दिए। विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकाससँगै सार्वजनिक रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुने क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved