९१५ किलो गाँजासहित चार जना पक्राउ

  • कार्तिक २, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सहित चार जना पक्राउ परेका छन्।

इनरुवा नगरपालिका–४ स्थित हनुमान मन्दिर नजिकै ज्ञानोदय टोलमा रहेको बुलबुल यादवको घरबाट प्रहरीले ९१५ किलो ६८० ग्राम गाँजा बरामद गरेको हो।

लागूऔषध गाँजा बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आईतबार बिहान  १ः३० बजे बुलबुल यादवको घरमा खानतलासी गरेको थियो।

सो क्रममा लुकाइछिपाइ राखिएको उक्त पदार्थ र प्र.१–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।

प्रहरीले बरामद पदार्थ र मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

धरानमा बस चेकजाँच गर ...

धरान/ सुनसरीको धरानमा सार्वजनिक बसमा सवार एक जना य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved