भुक्तानी रोकेको भन्दै मेयर साम्पाङलाई मागपत्र

  • असार २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रोकिएको भन्दै उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मेयर हर्कराज राई ‘साम्पाङ’लाई संयुक्त मागपत्र बुझाएका छन्।

आइतबार मेयरको कार्यकक्षमै पुगेका उपमेयर अइन्द्रबिक्रम बेघा, सबै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले योजनासम्बन्धी रोकिएको भुक्तानी प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका हुन्।

उनीहरूले असार १६ गतेयता मेयर साम्पाङले स्वीकृत योजनाका भुक्तानी फाइलहरू आफूमातहत राखेर प्रक्रिया अवरुद्ध पारेको उल्लेख गरेका छन्। “पूर्व स्वीकृत तथा नियमानुसार अनुगमनसमेत भइसकेका योजनाको भुक्तानी अन्तिम चरणमा रोकिँदा संघ र प्रदेश सरकारको बजेट फ्रिज हुने खतरा छ,” मागपत्रमा उल्लेख गरिएको छ।

मागपत्रमा, असार १९ गते प्रमुख प्रशासकीय अधिकृतलाई लेखिएको मेयरको स्पष्टीकरण पत्र पनि नियमविपरीत भन्दै खारेज गर्न माग गरिएको छ। साथै, कर्मचारीमाथि अनावश्यक दवाब दिई आतंकित बनाउने कार्य तत्काल रोक्न माग गरिएको छ।

कार्यपालिका सदस्यहरूले मागपत्रमार्फत धरान उपमहानगरमा विधिको शासन र संस्थागत प्रणाली बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved