ग्यारेजको क्यान्टिनमा आगलागी:६५ वर्षीय वृद्धको जलेर मृत्यु

  • कार्तिक ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित ठूलो सवारीसाधन मर्मत केन्द्र (बडी ग्यारेज) को क्यान्टिनमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ।

बिहिबार बिहान करिब ४ः१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित क्यान्टिनमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक विवरण छ।

आगलागी प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा बिहान ४ः३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

आगलागीमा क्यान्टिनमा काम गर्ने गौरीगञ्ज नगरपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्।

प्रारम्भिक अनुमानअनुसार क्यान्टिनमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।

त्यस्तै, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा पनि सामान्य आगलागी भएको थियो।

आगो निभाउने क्रममा गोदामभित्र रहेका २० देखि २५ बोरा सिमेन्ट भिज्दा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved