भेडेटारमा ६० मिटर तल खस्यो टेम्पु, धरानका चालक गम्भीर घाइते

  • मंसिर २, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/  धनकुटाको भेडेटारमा टेम्पु सडकबाट करिब ६० मिटर तल खस्दा धरानका चालक गम्भीर घाइते भएका छन्। दुर्घटनामा टेम्पुमा सवार अन्य दुई जना पनि घाइते भएका छन्।

मंसिर १ गते दिउँसो करिब १ बजे साँगुरीगढी गाउँपालिका–६ स्थित रिबिके जाने सडक खण्डमा मिस्रा होटलबाट रिबिकेतर्फ जाँदै गरेको टेम्पु अनियन्त्रित भई सडक किनारबाट करिब ६० मिटर तल खसेको हो।

दुर्घटनामा धरान–९ निवासी ६० वर्षीय चालक रनबहादुर राई गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

टेम्पुमा सवार भारतीय नागरिक २१ वर्षीय रनी पासवान र ३१ वर्षीय अबु शर्मा पनि दुर्घटनामा घाइते भएका छन्। उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भेडेटार र ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

धरानमा आयोजक स्वर्णि ...

धरान/ घरेलु मैदानमा जारी महिला गोल्डकप प्रतियोगिता ...

बैंकिङ कसुरका फरार प ...

धरान/  बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई लामो समयदे ...

११ अर्बको बराह सहकार ...

धरान/ बराह ग्रुप अफ कम्पनी तथा बराह बचत तथा ऋण सहकारी स ...

धरान महिला गोल्डकपको ...

धरान/ नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved