धरान/ दोस्रो धरान अन्तरक्लबस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा स्वर्णिम फुटबल क्लब धरानले विजयी सुरुवात गरेको छ।
धरान सिटी फुटबल क्लब धरान–११ को आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा स्वर्णिमले पटनाली क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो।
स्वर्णिमको जितमा निमा तामाङ नायक बने। उनले खेलको पहिलो हाफमा एक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा थप एक गोल गर्दै व्यक्तिगत दुई गोलसहित टोलीको जित पक्का गरे।
उत्कृष्ट प्रदर्शन गरेका स्वर्णिमका निमा तामाङ खेलको म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताअन्तर्गत आइतबार प्रगति फुटबल क्लब धरान–१६ र यलम्बर क्लब धरान–११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले गरेका थिए।