धरानमा बास्केटबलको क्रेज बढ्दो ट्यालेन्ट हन्ट क्याम्पबाट नयाँ खेलाडी उत्पादन हुने अपेक्षा

  • जेठ १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको आयोजनामा सञ्चालन भएको १५ दिने बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मङ्गलबार सम्पन्न भएको छ।

धरान उपमहानगरपालिकाको संयोजन तथा प्राविधिक सहयोगमा वैशाख ३ गतेदेखि सञ्चालन गरिएको क्याम्पको समापन समारोह धरान–१६ स्थित धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा आयोजना गरिएको थियो।

बास्केटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले नियमित रूपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सञ्चालन गर्दै आएको छ। विशेषगरी एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम भए पनि बास्केटबल सिक्न इच्छुक अन्य युवायुवतीलाई समेत सहभागिता गराइएको सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो ।

धरान उपमहानगरपालिकाको लगानीमा सञ्चालन भएको क्याम्पमा एसईई परीक्षा दिएका ३० जना विद्यार्थीको सहभागिता रहेको थियो। समापन कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख आइन्द्रविक्रम बेघाले प्रशिक्षार्थीहरूलाई टी–सर्ट तथा प्रमाणपत्र वितरण गर्कानु भयो ।

क्याम्पमा राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरू डा. आशा राई, युगल लिम्बु, सुसन श्रेष्ठ, दिवस राई र आस्था राईलगायतले प्रशिक्षण दिनु भएको थियो ।
अध्यक्ष सुवेदीका अनुसार ट्यालेन्ट हन्टमा सहभागीमध्ये उत्कृष्ट खेलाडीहरूलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिनेछ।

संघले हालसम्म २ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिका लागि सिफारिस गरिसकेको जनाएको छ।

समापन कार्यक्रममा बास्केटबल संघका केन्द्रीय सदस्य रोशन राई, धरान–१० का वडाध्यक्ष विवेक राईलगायत खेलकुदकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

धरान पिण्डेश्वर बाबा ...

धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान– ...

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

धरानले सम्झियो आफ्न ...

धरान/ धरान उपमहानगरपालिकाका प्रथम जननिर्वाचित नगर प्रमु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved