विराटनगर/ खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यालयले अग्रज साहित्यकार डा.सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ।
नेपाली भाषा तथा साहित्य क्षेत्रमा पाँच दशकभन्दा लामो समय योगदान दिएकी भण्डारीलाई एक विशेष कार्यक्रमबीच सम्मान गरिएको हो।
विराटनगरमा आयोजित कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, प्राध्यापक कविराज न्यौपाने, भूषण ढुंगेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।
मञ्चका अध्यक्ष ८८कृष्णप्रसाद भण्डारी ‘मार्सेली’८८को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार बलराम पोखरेल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा भूषण ढुंगेल, कविराज न्यौपानेलगायतले शुभकामना व्यक्त गरेका थिए।
नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा विगतमा सम्पन्न कविता महोत्सवमा पुरस्कार प्राप्त कविहरूमध्ये इटहरी निवासी टिका आत्रेय र इनरुवा निवासी कृपाकरुणा पोखरेलले कविता वाचन गरेका थिए।
त्यसैगरी, बाबुराम पोखरेल, वाई।एल।पी। पराजुली, केसु विरही, नवराज नवशिला, उमेश लुइटेल, प्रयाग न्यौपाने, शम्भुप्रसाद भट्टराई, लक्ष्मी स्मृति, शान्ता पैडेल, जयन्त प्रधानाङ्ग, भरत वर्वरिक, मञ्जु घिमिरे दाहाल, सुजाता राई, स्वयम्भुनाथ कार्कीलगायत चार दर्जन साहित्यकारहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए।
खोटाङ सामाजिक सेवा मञ्चले विगतदेखि नै अग्रज साहित्यकारहरूलाई सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ। यसै क्रममा यसपालि डा। सुशीला कोइराला भण्डारीलाई घरमै पुगेर सम्मान गरिएको थियो।
कार्यक्रममा लक्ष्मी रायमाझी खड्काले स्वागत मन्तव्य राखेकी थिइन् भने लक्ष्मी पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्।