खोटाङ सामाजिक सेवा मञ्चद्वारा साहित्यकार डा. सुशीला कोइराला भण्डारी सम्मानित

  • चैत ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यालयले अग्रज साहित्यकार डा.सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ।

नेपाली भाषा तथा साहित्य क्षेत्रमा पाँच दशकभन्दा लामो समय योगदान दिएकी भण्डारीलाई एक विशेष कार्यक्रमबीच सम्मान गरिएको हो।

विराटनगरमा आयोजित कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, प्राध्यापक कविराज न्यौपाने, भूषण ढुंगेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।

मञ्चका अध्यक्ष ८८कृष्णप्रसाद भण्डारी ‘मार्सेली’८८को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार बलराम पोखरेल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा भूषण ढुंगेल, कविराज न्यौपानेलगायतले शुभकामना व्यक्त गरेका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा विगतमा सम्पन्न कविता महोत्सवमा पुरस्कार प्राप्त कविहरूमध्ये इटहरी निवासी टिका आत्रेय र इनरुवा निवासी कृपाकरुणा पोखरेलले कविता वाचन गरेका थिए।

त्यसैगरी, बाबुराम पोखरेल, वाई।एल।पी। पराजुली, केसु विरही, नवराज नवशिला, उमेश लुइटेल, प्रयाग न्यौपाने, शम्भुप्रसाद भट्टराई, लक्ष्मी स्मृति, शान्ता पैडेल, जयन्त प्रधानाङ्ग, भरत वर्वरिक, मञ्जु घिमिरे दाहाल, सुजाता राई, स्वयम्भुनाथ कार्कीलगायत चार दर्जन साहित्यकारहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए।

खोटाङ सामाजिक सेवा मञ्चले विगतदेखि नै अग्रज साहित्यकारहरूलाई सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ। यसै क्रममा यसपालि डा। सुशीला कोइराला भण्डारीलाई घरमै पुगेर सम्मान गरिएको थियो।

कार्यक्रममा लक्ष्मी रायमाझी खड्काले स्वागत मन्तव्य राखेकी थिइन् भने लक्ष्मी पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved