कोशी एक्सिलेन्स अवार्डमा धरानका ज्वाला सम्मानित हुने

  • फागुन ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । इटहरीमा फागुन ७ गते नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी तीव्र पारेको छ ।
प्रदेश खबर दोस्रो वर्ष पूरा गरेर तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा इटहरीमा भव्य कार्यक्रम गरी कोशी प्रदेशमा पहिलो पटक कोशी एक्सिलेन्स अवार्डको तयारी गरेको हो भने अवार्ड र सम्मानको लागि छनोैट गर्ने कार्य तीब्र भई रहेको मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले बताए । सम्मानित हुनेमा धरानबाट अग्रज पत्रकार एवम् मजदुर नेता भीम राई ज्वाला पनि छनौट भएका छन् ।

सम्मानित हुने  राई यातायात मजदुरबाट उदाएर पत्रकारिता हुँदै हाल केन्द्रिय स्तरका नेता हुन सफल बनेका छन् । यातायात क्षेत्र, सन्चार क्षेत्र र समाज परिवर्तनको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भनेर आयोजकले सम्मान गर्न लागेको हो ।राई पुर्वकै लोकप्रिय पत्रिका ब्लाष्ट टाइम्स धरानबाट पत्रकारिताको क्षेत्रमा उदाएर सहायक सम्पादकको जिम्मेवारी लिएर लामो समय सम्म काम गरेका छन भने त्यसपछि औजार राष्ट्रिय दैनिक धरानको प्रधान सम्पादक भएर समग्र पत्रकारिताको क्षेत्रमा क्रियाशील रहँदै यातायात क्षेत्रको विकासमा अहिले सम्म क्रियाशील रहेका उर्जाशील नेता हुन ।

हाल नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रिय अध्यक्ष समेत छन । बसको सह चालक हुँदै पत्रकारिता अनि राजनीति र समाज सेवा नै आज सम्मको योगदानको कदर स्वरुप इटहरीमा हुने पहिलो कोशी प्रदेश स्तरीय कार्यक्रममा सम्मान गर्न लागिएको आयोजकले जनाएको छ । धरानबाट सम्मानित हुने राई एकमात्र हुन् ।

काम गर्दै पढ्दै अघि बढेका राई पत्रकारितामा नै मास्टर र कानुनमा विएल गरेका छन् । उनले उत्पादन गरेकाहरु पत्रकारितामा राष्ट्रिय स्तरका सन्चारमाध्यमहरुमा क्रियाशील छन् ।आयोजक अध्यक्ष पवन अधिकारीका अनुसार अवार्ड विभिन्न १३ विधामा प्रदान गर्न लागेको जनाएका छन् । अधिकारीका अनुसार शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स विधामा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिनेछ ।

इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा हुने कार्यक्रममा विभागीय मन्त्रीहरूसहित सरकारी ओहदाका विशिष्ट व्यक्तिहरू, विभिन्न पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूसहितको उपस्थिति हुने अधिकारीले बताए ।कार्यक्रम संयोजक विवेक रेग्मीले उक्त अवार्ड कार्यक्रमले कोशी प्रदेशको व्यापार, व्यवसाय प्रवद्र्धनसँगै पर्यटनको क्षेत्रमासमेत टेवा पुग्ने दाबी गरे ।

‘यो कार्यक्रमले व्यापारको प्रवद्र्धनसँगै पर्यटन क्षेत्रमा पनि टेवा पुग्नेछ,’ उनले भने, ‘कोशी प्रदेश सरकारले भ्रमण वर्ष २०८१ को तयारी गरिरहँदा हाम्रो यस कार्यक्रमले कोशीको पर्यटनलाई केही हदसम्म भए पनि प्रवद्र्धन गर्ने विश्वास गरेका छौँ ।’

कम्पनीले गत वर्ष प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी पत्रकारितासहित विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको थियो ।
यस वर्षको अवार्ड कार्यक्रमलाई काफल्स इटहरीले म्यानेजमेन्टको जिम्मा लिएको छ ।

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

खुला आकाशमुनि मकै बे ...

धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved