साहित्य"बिहानी त हुन्छ नै"
- असार ८, २०८२
- कोशीपत्र/संवाददाता
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ
जिन्दगिको अनेक रङ्गले
यो जिन्दगी पनि रङ्याउनु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ
अनेकौ जिन्दगिबिच
केही जिन्दगी चिन्नु छ
लौ जे जस्तो भए पनि
पराइ र आफन्तसङ त मिल्नु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ
पर्याप्तता अभावको
आखिर महसुस गर्नु छ
प्रेम र घृणाको स्वाद
अझि स्व्पान गर्नु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ
जिन्दगिको प्रतिस्पर्धामा
अझ कति जित्नु र हार्नु छ
एकै छिन दिल दिएर हसाउनु छ
अनि फेरि खोसेर रुवाउनु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ
आफू मातहत भएकालाइ
तल पारी दबाउनु छ
अनि फेरि आफू तल भएर
माथिकालाइ पेलाउन दिनु छ
पदिय मर्यादाको रेखाचित्रमा
जिन्दगिलाइ घुमाउनु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ
बाचुन्जेल जे जस्तो गरे पनि
जिउदाको जन्ती मर्दाको मलामी हुनुछ
कक्षाकोठामा सामाजिक, नैतिक शिक्षा पढे पनि
जातिय क्रम्बद्द्तालाइ स्विकार्नु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिंड्नु छ
मानव धर्म बिर्सेर
मन्दिर पनि त जानू छ
स्वर्ग या नर्कमा गइन्छ अरे
त्यसको डर पनि त मान्नु छ
त्यसैले स्वर्ग जाने प्रपन्च
मैले पनि त रच्नु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ
भिडहरुको बिचमा
म पनि त थपिनु छ
छोडेर जान्छन भन्ने पिरमा
म पनि भिड बन्नु छ
जिवनले दिएको हरेक कालखण्डको
भुमिका मैले गर्नु छ
थाहा छ एकदिन मेरो स्वासप्रस्वासले
श्वास लिन र दिन छोडने छ
र पनि दाउरा,आगो र खोलाको
पानी मैले बिर्सनु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ