साहित्य"बिहानी त हुन्छ नै"

  • असार ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ 
जिन्दगिको अनेक रङ्गले 
यो जिन्दगी पनि रङ्याउनु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ
अनेकौ जिन्दगिबिच 
केही जिन्दगी चिन्नु छ
लौ जे जस्तो भए पनि
पराइ र आफन्तसङ त मिल्नु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ
 
पर्याप्तता अभावको 
आखिर महसुस गर्नु छ
प्रेम र घृणाको स्वाद 
अझि स्व्पान गर्नु छ
बिहानी त हुन्छ नै 
भोलि फेरि हिड्नु छ
 
जिन्दगिको प्रतिस्पर्धामा 
अझ कति जित्नु र हार्नु छ
एकै छिन दिल दिएर हसाउनु छ
अनि फेरि खोसेर रुवाउनु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ
 
आफू मातहत भएकालाइ 
तल पारी दबाउनु छ
अनि फेरि आफू तल भएर 
माथिकालाइ पेलाउन दिनु छ
पदिय मर्यादाको रेखाचित्रमा 
जिन्दगिलाइ घुमाउनु छ
बिहानी त हुन्छ नै 
भोलि फेरि हिड्नु छ
बाचुन्जेल जे जस्तो गरे पनि
जिउदाको जन्ती मर्दाको मलामी हुनुछ
कक्षाकोठामा सामाजिक, नैतिक शिक्षा  पढे पनि
जातिय क्रम्बद्द्तालाइ स्विकार्नु छ
बिहानी त हुन्छ नै 
भोलि फेरि हिंड्नु छ
 
मानव धर्म बिर्सेर 
मन्दिर पनि त जानू छ
स्वर्ग या नर्कमा गइन्छ अरे 
त्यसको डर पनि त मान्नु छ
त्यसैले स्वर्ग जाने प्रपन्च 
मैले पनि त रच्नु छ
बिहानी त हुन्छ नै
भोलि फेरि हिड्नु छ
 
 
भिडहरुको बिचमा 
म पनि त थपिनु छ
छोडेर जान्छन भन्ने पिरमा
म पनि भिड बन्नु छ
जिवनले दिएको हरेक कालखण्डको
भुमिका मैले गर्नु छ
थाहा छ एकदिन मेरो स्वासप्रस्वासले 
श्वास लिन र दिन छोडने छ
र पनि दाउरा,आगो र खोलाको 
पानी मैले बिर्सनु छ
बिहानी त हुन्छ नै 
भोलि फेरि हिड्नु छ
बिहानी त हुन्छ नै 
भोलि फेरि हिड्नु छ

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved