४० सेकेन्डको कम्पन, जीवनभरको तरंग तिर्थ कार्की

  • वैशाख १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

२०७२ साल बैशाख १२ गते, शनिबार। समय थियो ११:५६। धरानको दन्तकाली एफ.एम.को चौथो तलामा रहेको स्टुडियोमा म १२ बजेको समाचार प्रसारणको तयारी गर्दै थिएँ।

स्क्रिप्ट तयार थियो, स्वरको ताल मिलाउँदै थिएँ।

प्रसारण सुरु हुन चार मिनेट मात्रै बाँकी थियो—तर जीवनले चाहिँ अर्को प्रसारण सुरु गर्न लागेको रहेछ, जुन न स्क्रिप्टअनुसार थियो, न कुनै तालमा।

अचानक भवन हल्लिन थाल्यो। सुरुमा सामान्य लाग्यो—तर त्यो केही सेकेन्डमै बर्बर आवाजमा परिणत भयो। स्टुडियोका पर्खाल, कुर्सी, उपकरण सबै हल्लिए।

मेरो शरीरभन्दा पहिले मन लर्बरियो। खुट्टाले जमिन पक्रन सकेनन्, माइक समातिएको हात झुल्न थाल्यो।

करिब ४० सेकेन्डसम्म त्यो कम्पन चलिरह्यो। तर त्यो ४० सेकेन्ड—मानौं जीवनकै सबैभन्दा लामो, भयावह र अनिश्चित क्षण थियो।

समाचार, समय, ताल—सबै भुलिए। बाँकी थियो त केवल बाँच्नुपर्ने संघर्ष।

कसरी हो कसरी, लड्दै–पड्दै, चौथो तलाबाट झरेँ। खुट्टा लर्बराउँदै, पर्खाल समाउँदै बाहिर निस्किएँ।

खुला आकाशमुनि पुगेपछि पनि मुटुको कम्पन कम भएको थिएन। स्टुडियो रहेको भवनलाई फर्केर हेर्दा अझै पनि थरथर काँपिरहेको थियो।

चारैतिर कोलाहल थियो। मानिसहरू चिच्याइरहेका थिए, दौडिरहेका थिए, कोही रोइरहेका थिए।

एम्बुलेन्स, प्रहरीका भ्यानहरू आपतकालीन साइरनसहित दौडिरहेका थिए। वातावरणमा त्रास मात्रै थिएन, निराशा र अविश्वास मिसिएको थियो।

म बाँचेँ। तर त्यही क्षण दिमाग एकाएक शून्य भयो। सोच्नै सकिनँ। फेरि मनको गहिराइबाट एक आवाज आयो—"घर तिर? आमा, बुबा, दाजुभाइ, परिवारका अन्य सदस्य, आफन्तजन, साथीसंगी—सबै ठीक छन् कि?" तर मोबाइल चल्दैनथ्यो, सम्पर्क हुन सक्दैनथ्यो। एक–एकजनाको अनुहार आँखामा आइरहन्थ्यो।

त्यो दिन म समाचार दिन सकिनँ—किनभने त्यत्रो बिनाशकारी भुकम्पले हल्लाएर होस हवास नै उडेको थियो।

यसरी त्यो ४० सेकेन्डको कम्पनले जीवनभर भयावह र अबिस्मरणीय क्षण बनाएर गयो।

आज पनि, बैशाख १२ आउँदा, मुटु भित्र कतै केही झस्किन्छ—त्यो कहालीलाग्दो दिनको सम्झनाले।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved