धरानमा अनाम रंगमञ्चको पुनरागमन, ‘देश खोजिरहेछु’ मार्फत समाजका बेथितिमाथि प्रश्न

  • असोज २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/लामो समयपछि धरानको पुरानो नाट्य संस्था अनाम नाट्य जमात ‘अनाम रंगमञ्च’का रूपमा पुनः सक्रिय भएको छ ।

पुनरागमनसँगै रंगमञ्चले समाजका समसामयिक समस्या, नागरिकका पीडा र नेतृत्वप्रतिको असन्तुष्टिलाई समेटेर ‘देश खोजिरहेछु’ नाटक मञ्चन गर्ने तयारी गरेको छ ।

विसं २०४४ चैत २२ गते स्थापना भएको अनाम रंगमञ्चले यही असोज २८ गते बुधबार धरानस्थित हरियाली सामुदायिक भवनमा नाटक मञ्चन गर्ने भएको हो । नाटक दैनिक दिउँसो ४ बजे एक सो मात्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

नाटकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रंगमञ्चले कलामार्फत समाजका समस्यामाथि बहस सिर्जना गर्ने उद्देश्य रहेको बताएको छ ।

अनाम रंगमञ्चका अध्यक्ष विजय संयोक सुब्बाका अनुसार नाटकले किसानका समस्या, युवाका अधुरा सपना, बेरोजगारी, वैदेशिक रोजगारीमा जान बाध्य युवाको पीडा, सेवाग्राहीले भोग्नुपर्ने सास्ती, कर्मचारीतन्त्रका जटिलता र नेतृत्वप्रति नागरिकमा देखिएको असन्तुष्टिलाई उजागर गर्नेछ ।

समाजमा विद्यमान विकृति र विसंगतिलाई समेत नाटकमा समेटिएको उनले जानकारी दिए ।

याक्थुङ चलचित्रकर्मी संघ नेपालको सहकार्यमा तयार भएको नाटक सुब्बाकै लेखन तथा निर्देशनमा मञ्चन हुन लागेको हो ।

नाटकले कुनै व्यक्ति वा पक्षलाई दोषी ठहर गर्नुभन्दा पनि समाजमा रहेका समस्यामाथि प्रश्न उठाउँदै दर्शकलाई आफ्नो अवस्था र जिम्मेवारीबारे सोच्न प्रेरित गर्ने निर्देशक सुब्बाले बताए ।

नाटकमा शारदा शाक्य, कुलचन्द्र नेउपाने, कृष्ण तिम्सिना, सुजाता राई, स्वच्छता योगी र सत्कर्म योगीले अभिनय गर्नेछन् ।

अनाम रंगमञ्चको पुनरागमनलाई आयोजकले नाटक मञ्चनमा मात्र सीमित नभई नयाँ पुस्तालाई रंगकर्मसँग जोड्ने र सामाजिक विषयमा सिर्जनात्मक बहस अघि बढाउने प्रयासका रूपमा लिएको छ ।

मनोरञ्जनका नयाँ माध्यम विस्तार भइरहे पनि कलाकार र दर्शकबीच प्रत्यक्ष संवाद स्थापित गर्ने रंगमञ्चको महत्व कायमै रहेको उनीहरूको भनाइ छ ।

नागरिकका समस्या, किसानका गुनासा र युवाका अधुरा सपना अझै सम्बोधन हुन नसकेको अवस्थामा ‘देश खोजिरहेछु’ले समाजलाई नयाँ प्रश्न गर्न र सोच्न प्रेरित गर्ने अपेक्षा आयोजकले गरेको छ ।

रंगमञ्चमार्फत नागरिकका आवाजलाई कलाका माध्यमबाट प्रस्तुत गर्दै समाजसँग संवाद गर्ने लक्ष्यसहित अनाम पुनः दर्शकमाझ आउन लागेको हो ।

‘नेपाली फुटबललाई संक ...

धरान/  अखिल नेपाल फुटबल संघ ९एन्फा० भित्रको आ ...

धरानमा पुस १ देखि २१ ...

धरान/ सुनसरीको धरान–१८ स्थित डिपो माध्यमिक विद्या ...

जमरा राखेर दसैँको स् ...

धरान/ नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । ...

रोटेपिङ खेल्ने क्रमम ...

धरान/  मोरङको केराबारी गाउँपालिका–८ मा रोटेप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved