_ विकास चाम्लिङ राई
सुनसरी/ हङकङमा रहेका धरानेहरुको हकहितका लागि सन १९९९ मा स्थपना भएको धरान हङकङ मञ्चको २८ जुन आइतवारको दिन भव्य रुपमा १२ औ अधिवेशन संपन्न भएको छ ।
अधिवेशनले संजोक राईको नेतृत्वमा १३ जनाको नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । हङकङको जोर्डन स्थित किरात याक्थुम चुम्लुङको हलमा संपन्न अधिवेशन वाट १३ जनाको नया कार्यसमिति चयन भएको हो ।
राई नेतृत्वमा पदाधिकारीहरुमा उपाध्यक्ष रविन तामाङ, सचिव बिकास चाम्लिङ राई, सहसचिव मनोज श्रेष्ठ र कोषाध्यक्षमा दिलकुमार राई सन्जु निर्वाचित भएका छन ।
यसैगरि सदस्यहरुमा रोशन लिम्वु, किशोर लिम्वु, विजयप्रसाद राई, जोना गुरुङ्ग, राजकुमार राई, आविष्कार लिम्वु, खगेन्द्र लिम्वु कैलास र उदय लिम्वु रहेका छन ।
निर्वाचन कमिटि अध्यक्ष धरान हङकङ मञ्चका संस्थापक इन्द्र वनेम, सदस्यहरु मञ्चका पुर्व अध्यक्ष विष्णु पाख्रिन र नानी चन्द्र लिम्बूकाे कमिटिले नया कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको जानकारी गराउदै कार्यसमितिको नाम घोषणा गरेका थिए ।
घोषणा संगै निर्वाचन कमटिका अध्यक्ष वनेमले नया कार्यसमितिलाई संस्था प्रति प्रतिवद्धता जनाउन सपथ ग्रहन समेत गराएका छन ।
सपथ ग्रहण पश्चात नया नेतृत्वमा आएका संजोक राईले धरान हङकङ मञ्चलाई थप उचाइमा पुर्याउने प्रतिवद्धता जनाए ।
हङकङमा रहेका धरानेहरुलाई एकतावद्ध गराई धरान र धरानेहरुको हकहितमा काम गर्ने गद्धेश्य मञ्चको रहेको वताए ।
अधिवेशन उद्धघाटन कार्यक्रमका प्रमूख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष नविन सुहाङ्गले वोल्ने क्रममा मञ्चका साथीहरु संग उभिन्दा धरानको घञ्टाघरमा उभिएको महसुस हुने भएको वताए ।
उनले भने, धरान यस्तो ठाउ हो, जसको पुर्खाले हाम्रो पुर्खालाई पालेका थिए ।
मञ्च र धरानको गभ्रिलो इतिहास छ । यसलाई नया कार्यसमितिले थप उचाइमा पुर्याउन वधाई तथा सुभकामना दिएका थिए ।
मन्तव्यकै क्रममा सिएसटिएसका संयोजक तथा हङकङ नेपाली महासंघका पुर्व अध्यक्ष रिता गुरुङ्गले धरान हङकङ मञ्च हङकङ नेपाली महासंघको मेरुदण्ड भएको वताए ।
धरानमा भइरहको पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद र समाजिकि कार्य सहकार्य र सहयोगका लागि आफु वाट कुनै कन्जुस्याइ नहुने महासंघका पुर्व अध्यक्ष प्रदिप थापाले प्रतिवद्धता जनाए ।
वन्दसत्रको क्रममा मञ्चका सचिव रमेश चाम्लिङ नाम्राछाले संस्थाको प्रतिवेदन र कोषाध्यक्ष मनोज क्षेत्रीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा धरान युथ एशोसियनका अध्यक्ष अमोद तुलाधर, किरात याक्थुम चुम्लुङ हङकङ अध्यक्ष शमसेर लिम्वु, धरान १७ समाज हङकङका अध्यष मधुकुमार राई जिवन यात्रा समुहका प्रतिनिधि विक्रम आले लगायत अतिथिको रुपमा रहेको थिए ।
अधिवेशनको उद्धघाटनमा मञ्चका सदस्य रविन तामाङले स्वागत मन्तव्य दिएका थिए ।