धरानमा लागूऔषधसहित तीन जना पक्राउ

  • कार्तिक २५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–६ का ३१ वर्षीय नरबहादुर कटुवाल, वडा नं. १ का २६ वर्षीय रवि साह र वडा नं. १५ का ३३ वर्षीय बालकृष्ण दाहाल रहेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई धरान–१५ भानुमार्गमा चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।

प्रहरीका अनुसार मिति २०८३ मंसिर २४ गते दिउँसो ३ः२० बजे पानबारीबाट महादेव चोकतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर खानतलासी गर्दा ब्राउन सुगर  ०.२१ ग्राम, स्पास्मो–प्रोक्सिभोन प्लस ८५४ पिस र नाइट्राजेपाम २० पिस ट्याब्लेट बरामद भएको थियो।

बरामद लागूऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दिदीबहिनीको माया र द ...

सुनसरी/यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले ...

जुवा खेल्दै गर्दा १२ ...

झापा/ झापाको कमल गाउँपालिकामा जुवा खेलिरहेको अवस्थामा प ...

रोपाइँमा तामझाम, धान ...

झापा/असार लागेपछि धान रोपाइँको चटारो सुरु हुन्छ। रोपाइँ ...

श्रीमती र अर्का पुरु ...

विराटनगर/मोरङमा रड प्रहार गरी श्रीमानको हत्या गरेको आरो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved