श्रीमती र अर्का पुरुष मिलेर गरे श्रीमानको हत्या

  • कार्तिक २३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/मोरङमा रड प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा मृतककी श्रीमतीसहित दुई जना पक्राउ परेका छन्।

मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा आईतबार राति करिब ९ बजे ४० वर्षीय बुधराम सोरेनको रड प्रहार गरी हत्या भएको हो।

प्रहरीका अनुसार सोरेनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारका २७ वर्षीय सुनिल मिश्रले मिलेर उनको टाउकोमा रड प्रहार गरेका थिए।

रड प्रहारबाट सोरेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनामा प्रयोग भएको रडसहित सुनिल मिश्रलाई नियन्त्रणमा लिएको थियो।

घटनापछि फरार रहेकी कमली बास्केलाई भने साेमबार (आज) बिहान करिब साढे ७ बजे खेतमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

रोपाइँमा तामझाम, धान ...

झापा/असार लागेपछि धान रोपाइँको चटारो सुरु हुन्छ। रोपाइँ ...

धरानमा मिनी ट्रकबाट ...

धरान/सुनसरीको धरानस्थित तिनकुने चेकपोस्टमा चेकजाँचका क् ...

दुई घण्टासम्म ट्याक् ...

धरान/ मोरङको कटहरीमा ट्याक्टर दुर्घटनामा परेर काठको थुप ...

आज काग तिहार मनाइँद ...

धरान/ प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved