भारतमा लावारिस अवस्थामा भेटिएका सन्तोष बि.क.को उद्धार, कुटपिटपछि गम्भीर अवस्थामा ICU मा उपचार

  • वैशाख १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ भारतको बनारसस्थित अस्पतालमा लावारिस अवस्थामा उपचाररत भेटिएका झापाका एक व्यक्तिको प्रहरीको सक्रियतामा उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षकको मोबाइलमा प्राप्त भिडियो सन्देशका आधारमा नेपाल घर भएका सन्तोष बि.क. नामका व्यक्तिको पहिचान गरिएको हो।

भिडियोमा उनको घर झापाको मेचीनगर–४ बाहुनडाँगी रहेको खुलेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई परिचालन गरिएको थियो।

प्रहरीको तीव्र पहलका कारण करिब ३०–३५ मिनेटमै उनका आफन्त पत्ता लागेका थिए। त्यसपछि प्रहरीको समन्वयमा आफन्तहरू भारतको बनारसस्थित SSPG सरकारी अस्पताल पुगेका थिए।

उक्त अस्पतालमा ५६ वर्षीय सन्तोष बि.क.लाई अपरिचित व्यक्तिहरूले कुटपिट तथा लुटपाट गरी घाइते बनाएको अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि पुर्‍याएको खुल्न आएको छ।

उद्धारपछि उनलाई जोगवनी नाका हुँदै विराटनगर ल्याइएको छ। हाल उनको नोवेल अस्पताल विराटनगरको ICU मा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाले सीमा पार हुने अपराध र नागरिक सुरक्षाप्रति पुनः गम्भीर प्रश्न उठाएको छ भने समयमै प्रहरीको सक्रियताले एक नागरिकको ज्यान जोगिएको स्थानीयले बताएका छन्।

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

धरान पिण्डेश्वर बाबा ...

धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान– ...

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved