फलामसिंहबाट महागुरु फाल्गुनन्द कसरी भए ? "राष्ट्रिय सार्वजनिक विदा दिन माग"

  • कार्तिक २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt - रणध्वज लोहार

धरान/ सरकारले वि.सं २०६६ सालमा महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुती भनेर घोषणा गरेपनि व्यबहारतह राष्ट्रिय विभुती भनेर स्वीकार गरि नसकेको अवस्था रहेको ‘राष्ट्रिय विभुती फाल्गुनन्द दर्शन’ अभियान्ताहरुले दुखेसो गरेका छन् ।

हरेक बर्ष कार्तिक २५ गते राष्ट्रिय विभुती फाल्गुनन्दको राष्ट्रिय स्तरमा जन्म जयन्ती मनाउने गरिए छ तर पनि सरकारले भने विभेद गर्दै आएको उनीहरुले आरोप लगाएका छन् ।

अभियान्ता डम्बर कुमार तम्बापोले संघीय सरकारले किराँत समुदायको लागि मात्रै भनेर विदा दिने गरेको छ,प्रेम र अहिंसाका अनुयायी प्रतीक रुपमा राष्ट्रिय रुपमा नै स्वीकार गरि सकेको अवस्थामा पुरै राष्ट्रिय विदा किन दिन सकेन,यहाँनेर नै बिभेद गरिएको छ, हाम्रो तर्फबाट सरकारलाई झक्झाई नै रहेका छौं ।

तर सरकारले अहिले सम्म सुनुवाई भने गर्न सकेको छैन,दुःख लाग्छ,सरकारले सवैको विभुती भनेर घोषणा गरेर पनि राष्ट्रिय रुपमा स्वीकार गर्न नसकेको भन्ने हाम्रो ठम्याई छ, आशा छ,चाँडै सरकारको चेत आउने नै छ।

’प्रदेश सरकारले भने कार्तिक २५ गते महागुरु राष्ट्रिय विभुती फाल्गुनन्द जन्म जयन्ती भनेर सार्वजनिक विदा भने दिदैं आएको छ,तर समग्र संघीय सरकारले पनि राष्ट्रिय रुपमा नै सार्वजनिक विदा दिनु पर्छ भन्ने माग रहेको अभियान्ता तुम्बापोले बताए ।

राष्ट्रिय विभुती फाल्गुनन्द केबल किँरात समुदायको मात्रै नभई साझा सम्पती हो,उहाँले प्रतिपादन गरेको दर्शन र वाणीहरु मानव जीवनको निम्ति अपरिहार्य रहेको छ । त्यसैले उहाँ सवैको हो ।

समग्रमा उहाँको दर्शन ‘सत कर्म,सत मार्ग,सत आहार र सत विचार’ प्रमुख भएकाले राष्ट्रिय विभुती फाल्गुनन्द साझा विभुती हो र राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा उहाँको दर्शनलाई स्वीकार गरि सकेको अवस्था भएकाले पनि अब निश्चित एउटा समुदायको मात्रै नभई सबैको विभुती बनाउनु पर्छ भन्ने नै माग रहेको तुम्बापोको भनाई छ ।

पुर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने प्रकृतिप्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा रुपान्तरण गरि चेतना स्तर उकास्न फाल्गुनन्दको विशेष भूमिका रहेको छ ।

महागुरु फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ’सत्य धर्म मुचुल्का’ को नीति विश्वभरीका समुदायले अनुसरण गर्दै आएका छन् ।

नेपालमा मात्र होइन,अमेरिका,बेलायत,जापान,अष्ट्रेलिया,भुटान र भारत लगायत देश विदेशमा अनुयायीहरुले कार्तिक २५ जन्म जयन्ती धुमधामले मनाउने गर्दछन् ।रुढीबादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुनन्दको ठूलो भूमिका छ ।उनको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिकको नाम फाल्गुनन्द गाउँपालिका राखिएको छ ।

झापा जिल्लाको शान्तिनगरमा पूर्णकदको प्रतिमा पाइन्छ ।दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडकमार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामाकरण गरेको छ ।त्यसै गरि राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको तस्वीर अंकित नेपाल सरकारले हुलाक टिकट प्रकाशन गरेको छ ।
फलामसिहबाट महागुरु फाल्गुनन्द कसरी भए ?
उनको जन्म वि.सं १९४२ साल कार्तिक २५ गते साविक इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा पिता जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साँहिला छोराका रुपमा जन्मिए ।

उनी जन्मिएपछि न्वारनमा नरध्वज लिङ्देन नाम राखिएको थियो । उनी सानै बाल्यकाल छँदा सिकिस्त बिरामी परे । पिता जगनबाजले फलामका चुरा बनाएर हातमा लगाइदिए र उनको नाम फलामसिंह राखे ।

पछि विराम पनि सन्चो हुँदै गएर यौवन अवस्थामा बेलायती सेनामा भर्ती हुन पुगे । त्यहाँ बेलायती फौजमा फलामसिंहको नाम परिवर्तन गी उनको नाम फाल्गुनन्द रहन गएको हो र आज तिनै फलामसिंह हुन,जो राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द भएका छन् । फाल्गुनन्दको पूरा नाम चाहिँ फाल्गुनन्द लिङ्देन हो ।

सेनामा रहँदा पनि साँझ विहान पूजापाठमा लीन रहने भएकाले सहकर्मीहरुले ध्यानी योगी, तपस्वी लगायतका उपनामले दिएका थिए । लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर गुरु फाल्गुनन्दले बेलायती सेनाको जागिरबाट राजीनामा दिएर आफ्नै जन्म भुमि इलाममा आएका थिए ।

उनको निधन वि.सं २००५ सालमा भएको हो भने निधनपछि नै जन्म जयन्ती मनाउन थालिएको अभियान्ता तुम्बापोले बताएका छन् ।

यसैबीच कोशी पत्रका कार्यकारी सम्पादक रणध्वज लोहारले राष्ट्रिय विभुती फाल्गुनन्द दर्शन प्रचार प्रसार समितीका अभियान्ता डम्बर कुमार तम्बापोसँग राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको यही कार्तिक २५ गते आइतबार दिन पर्न गएको जन्म जयन्तीको सन्दर्भमा गरिएको भिडियो कुराकानी प्रस्तुत छ ।

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

दुबईमा नेपाल फेस्टिब ...

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved