धरान–लेउती सुरुङ मार्ग के हुन्छ ? (भिडियो अन्तरबार्ता ) "कोशी प्रदेश सभा सांसदः रमेश बस्नेत "

  • कार्तिक २९, २०८१
  • कोशीपत्र/संवाददाता

धरान/ सुनसरीको धरान र धनकुटाको लेउती सम्म दु्रत मार्गले जोड्ने धरान –लेउती खोलासम्मको सुरुङ मार्ग निर्माण अन्यौल भएको छ ।
४ बर्ष सम्म पनि उक्त आयोजनाका लागि निर्माणको काम अघि बढ्न नसकेपछि अन्यौल भएको हो ।

जोगवनी किमाथांका सडकको दूरी र समयलाई छोट्याउने सुरुङ मार्गका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली वि.सं २०७८।०७९ को बजेटको नीति तथा कार्यक्रम अन्र्तगत नै सुरुङमार्गका लागि बजेट वक्तव्य मार्फत नै बजेट विनियोजन गरेको. थियो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जारी गरेको बजेट वक्तव्यको २९६ नम्बर बुँदामा उक्त कुरा उल्लेख गरेको गरेका थिए भने त्यसबेला दुई वटा आयोजनालाई बजेट बक्तव्यले समेटेको थियो ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा–दोभान खण्डको सुरुङ मार्ग र यहाँको सुरुङ मार्ग उल्लेख थियो ।त्यहाँ भने खण्डको सुरुङ मार्गको डीपीआर भई निर्माणको ठेक्का लागेर काम अघि बढेको छ ।तर यहाँको सुरुङ मार्ग ४ बर्ष वितिसक्दा पनि काम अघि बढ्न सकेको छैन ।

पुर्बी पहाडी जिल्लाहरु जोड्ने दु्रत मार्ग मात्रै नभएर धरानको लागि सडक सन्जाल र पर्यटन अनि व्यापारिक रुपमा सन्जिबनी साबित हुने उक्त आयोजना अब के होला बन्ला कि नबन्ला भनेर चिन्ता हुन थालेको छ ।

धरानमा पहिलो चरण र दोश्रो चरणको संभाव्यता अध्ययन भने भएको छ । तर निर्माण कार्य के हुने भन्ने विषय सुस्ताएको छ ।

उक्त आयोजनाले धरानको लागि घातक हुने भनेर एकपक्षीय विरोधहरु छन् । आयोजनाले सर्दुजलाधार क्षेत्रलाई असर गर्ने भनेर दाबी गरिएको छ ।

तर धरानवासीको माग भने उक्त आयोजना सम्पन्न भएको खण्डमा विकासको कायपलत हुने अपेक्षा गरिएको छ । सुरुङ्ग मार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन २०७९ असार अन्तिममा सार्वजनिक भएको हो ।

सुरुङ्ग मार्ग बनाउन सके तमोर तथा लेउतीको पानी धरान ल्याएर धरानवासीलाई खुवाउन सकिने र इटहरीदेखि दुहबीसम्मका बासिन्दालाई समेत बिक्री गर्न सकिने बताइएको छ ।

धरानदेखि लेउती सम्मको सुरुंग मार्ग प्राविधिकहरु अनुसार नेपालकै ठूलो तथा लामो भनेर दाबी गरिएको छ ।

धरानको वडा नम्बर १३ स्थित आपगाछी अथवा वेसक्यामबाट सुरुङ मार्गको लागि सर्बे गरिएको छ ।
धरानतर्फ ५ वटा र धनकुटाको लेउती खोलातर्फ ३ वटा स्थानमा सुरुङ बनाउनेबारे प्रारम्भिक अध्ययन रहेको छ ।

सवा १ घण्टाभन्दा बढी समय लाग्ने उक्त सडक सुरुङ मार्ग बनेको खण्डमा ५ –१० मिनेटमा नै वारपार गर्न सकिने सर्वेले भनेको छ ।

धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले सर्बे बाहेकका कुनै कामको लागि कोही पनि सम्पर्कमा नआएको बताए । उनले भने,‘गतसालदेखि अहिले सम्म सरकारबाट पनि केही कोही सम्पर्कमा छैनन्,खै के हुन्छ थाहा छैन।’

यसैबीच कोशी पत्र दैनिकका कार्यकारी सम्पादक रणध्वज लोहारले धरान –लेउती सुरुङ मार्ग बन्छ कि बन्दैन भनेर कोशी प्रदेश सभा सांसद तथा उक्त आयोजना बन्नु पर्छ भनेर स्थानीय सरकार ,प्रदेश र संघीय सरकार समक्ष पटक पटक दबाब दिने  सांसद रमेश कुमार वस्नेतसँग सोध्नु भएको छ । प्रस्तुत छ,सांसद बस्नेतसँगको भिडियो कुराकानी :

शिवराज प्यानलको चुन ...

धरान । आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघ ...

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved