गंगा गजमेरको ‘नरहे यो जिन्दगी’ सार्वजनिक

  • फागुन १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । ‘स्वरादि’ एल्बम बजार ल्याएर सांगितिक क्षेत्रमा चर्चा कमाएकी गायिका गंगा गजमेरको नयाँ गित ‘नरहे यो जिन्दगी’ सार्वजनिक भएको छ ।

आधा दर्जन गितहरु बजारमा ल्याईसकेकी गजमेरले नयाँ गित ‘नरहे यो जिन्दगी’ बोलको गित बजारमा ल्याएकी छिन् । म्युजिक भिडियो सहित उनको गित गत शुक्रबार युट्युब च्यानल मार्फत बजारमा आएको छ ।

गोलो प्रडक्सन नामक युट्युब च्यानलले ल्याएको गजमेरको ‘नरहे यो जिन्दगी’ गीतमा गोपाल लोहारको शब्द, मानशी किरणको संगीत तथा संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा रोश्नी कार्की र सञ्जय विश्वकर्माले अभिनय गरेका छन् । उत्तर रानामगरको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोलाई दीनेश पराजुलीले खिचेका हुन् ।

गायिका गजमेरले विगतका गीतहरुमा जस्तै यो गीतबाट पनि दर्शक स्रोताको माया पाउनेमा आफू ढुक्क रहेको बताइन् । यसअघि गजमेरको आवाजमा ‘हेर्छु म’ ‘हाँसेर’, ‘फूल सरी माया फुल्यो’, ‘माया मोहनी’, ‘सक्दिनँ म’, ‘झुमी झुमी’ लगायतका गीत बजारमा आइसकेका छन् । उनको ‘स्वरादि’ नामक एल्बम पनि बजारमा आइसकेको छ ।

सडक सुरक्षामा गम्भीर ...

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्य ...

प्रधानमन्त्री ओली शन ...

धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ...

पति युवतीको कोठामा ग ...

झापा / झापाको अर्जुनधारा नगरपालिका–८ मा सोमब ...

झापामा लागुऔषध डिलर ...

 झापा/ झापाको भद्रपुर नगरपालिका–७ मा ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved