गंगा गजमेरको ‘नरहे यो जिन्दगी’ सार्वजनिक

  • फागुन १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । ‘स्वरादि’ एल्बम बजार ल्याएर सांगितिक क्षेत्रमा चर्चा कमाएकी गायिका गंगा गजमेरको नयाँ गित ‘नरहे यो जिन्दगी’ सार्वजनिक भएको छ ।

आधा दर्जन गितहरु बजारमा ल्याईसकेकी गजमेरले नयाँ गित ‘नरहे यो जिन्दगी’ बोलको गित बजारमा ल्याएकी छिन् । म्युजिक भिडियो सहित उनको गित गत शुक्रबार युट्युब च्यानल मार्फत बजारमा आएको छ ।

गोलो प्रडक्सन नामक युट्युब च्यानलले ल्याएको गजमेरको ‘नरहे यो जिन्दगी’ गीतमा गोपाल लोहारको शब्द, मानशी किरणको संगीत तथा संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा रोश्नी कार्की र सञ्जय विश्वकर्माले अभिनय गरेका छन् । उत्तर रानामगरको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोलाई दीनेश पराजुलीले खिचेका हुन् ।

गायिका गजमेरले विगतका गीतहरुमा जस्तै यो गीतबाट पनि दर्शक स्रोताको माया पाउनेमा आफू ढुक्क रहेको बताइन् । यसअघि गजमेरको आवाजमा ‘हेर्छु म’ ‘हाँसेर’, ‘फूल सरी माया फुल्यो’, ‘माया मोहनी’, ‘सक्दिनँ म’, ‘झुमी झुमी’ लगायतका गीत बजारमा आइसकेका छन् । उनको ‘स्वरादि’ नामक एल्बम पनि बजारमा आइसकेको छ ।

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

धरान पिण्डेश्वर बाबा ...

धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान– ...

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved