वीपी प्रतिष्ठानका चिकित्सकद्वारा सामुहिक राजीनामा दिने चेतावनी (भिडियो सहित)

  • असार ७, २०७८
  • कोशीपत्र/संवाददाता
alt फाइल फोटो

धरान । विगत एक साता देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामुहिक राजिनामा दिने चेतावनी दिएका छन् ।

प्रतिष्ठानमा बढ्दै गएको अनियमितताका विरुद्ध आवाज उठाइरहेका चिकित्सकहरुको आन्दोलन एक साता सम्म पुग्दा पनि उपकुलपति काठमाण्डौंमा बसेर आन्दोलन दबाउन खोजिरहेको आरोप लगाउँदै उनीहरुले सामुहित राजिनामा दिने चेतावनी दिएका छन् । आज सातौं दिन प्रतिष्ठानमा क्षेत्रमा विरोध र्याली प्रदर्शन पछि उपकुलपति कार्यालय अघि विरोध सभा गर्दै संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले दुई वटा कार्यक्रमको घोषणा गरेका छन् ।

उनले भने, ‘संयुक्त संघर्ष समितीले छलफल गरेर अल्टिमेटम सहितको कार्यक्रम घोषणा गर्नेछौं, दोस्रो सामुहिक राजिनामा दिदैछौं चाडै नै त्यतीखेर नागरिक समाज, पत्रकारहरुले आफ्नो कर्तव्यबाट किन विमुख भयो भनेर नसोध्नुहोला ।’

पटक पटक पदाधिकारीहरुलाई खबरदारी गर्दा पनि हाम्रो माग प्रति कुनै सुनुवाई नभए पछि कडा आन्दोलनमा उत्रनुपरेको उनको भनाई छ । स्पष्टिकरण सोध्न त आफैले हस्ताक्षर गर्ने उपकुलपतिले अन्यलाई विश्वास नगरेको प्रष्ट भएकाले कसै सँग वार्ता गर्नुको औचित्य नरहेको उनले बताए । उपकुलपति बिना कसै सँग पनि वार्तामा नबस्ने स्पष्ट पारे ।

उपकुलपतिले भ्रमको खेति गरिरहेको उनको दाबी छ । यस अघि भएका सम्झौताहरु कार्यान्यवन गर्नुको साटो भ्रम छर्दै हिडेको चिकित्सक तथा विद्यार्थीहरुको आरोप छ । संयोजक डा. रिमाल भन्छन्, ‘एमआरआइ, सिटि स्क्यान जाँच नहेरी डेन्टलचेयर नकुरी विद्यार्थीहरु पास भएर गइरहेका छन्, समाजमा पठाइरहेको छ, त्यसको बारेमा चै चिन्ता नहुने, व्यक्तिले फेसबुकमा के कमेन्ट, गर्यो, के लेख्यो भन्दै खोजि मात्रै रहने ।’

फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीले गत आइतबार प्रतिष्ठानको निति विपरित गएको भन्दै स्पष्टिकरण मागेका थिए । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै उपकुलपति विरुद्ध चिकित्सक तथा विद्यार्थीहरुले सोमबार देखि धर्ना तथा विरोध सभा गर्दै आएका छन् ।
चिकित्सक तथा विद्यार्थीहरुले गरेको आन्दोलनलाई प्रतिष्ठानका नर्स, कर्मचारी सबैले साथ दिएका छन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved