बढ्दो आत्महत्या : चिन्ताजनक विषय(सम्पादकीय)

  • असार १४, २०७७
  • कोशीपत्र/संवाददाता
alt

प्रदेश १ का सांसद् चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव एवम् काङ्ग्रेसका क्षेत्रीय सदस्य धरान–१४ का प्रताप भट्टराईले आइतबार बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । सामाजिक र राजनीतिक रूपमा निकै सक्रिय २८ वर्षीय भट्टराईको यस प्रकारको अवसानले सबैलाई चिन्तित बनाएको छ । धरानमा आत्महत्याको यो पछिल्लो घटना हो । यसकै अघिल्लो दिन मात्र १६ वर्षीया किशोरी रुपल चौधरीले आत्महत्या गरिन् । उनी धरानको छाताचोक नजिकै भाडाको कोठामा आप्mना आमाबुबासँगै बस्थिन् ।

यी दुई प्रतिनिधि घटना मात्र हुन् । धरानमा पछिल्लो समयमा आत्महत्याका घटनामा वृद्धि भइरहेको छ । यो चिन्ताको विषय बनेको छ । अझ यस्ता दुर्घटनाबाट युवाहरूले ज्यान गुमाउनु असामान्य बनेको छ । परिवार र समाजको मात्र होइन, देशकै आशा र भरोसाको केन्द्र मानिने युवाले यसरी अकालमै ज्यान गुमाउने अवस्था आउनु समाजकै लागि दुःखद् विषय हो । युवाहरू ऊर्जावान् हुन्छन् । उनीहरूकै सक्रियता र प्रयासबाट समाज र देशको प्रगति हुन्छ । उनीहरूकै श्रम र सीपबाट परिवार, समाज र देश प्रगतिको मार्गमा अग्रसर हुन्छन् तर अहिले उनीहरूमा किन निराशा र अवसादको सिर्जना भइरहेको छ ? यो निकै गम्भीर विषय बनेको छ ।

यसमार्फत समाज र सरकारको पनि ध्यान जानु आवश्यक छ । आत्महत्याले ‘सङ्क्रामक’ रूप लिनु डरलाग्दो विषय हो । त्यसो त आत्महत्या आपैmँमा मानवीय जीवनको कुरूप पक्ष हो । यसलाई नै अनुकरणीय विषय मानेर आत्महत्याका घटना बढ्दै जानु अझ भयावह अवस्था हो । यसतर्पm बेलैमा सबैको गम्भीर ध्यानाकर्षण हुनु अपेक्षित छ । मानिसले यस्तो निर्णय किन गर्छन् ? के यसको रोकथाम सम्भव छैन ? छ भने यसलाई रोक्न कस्तो अभियान सञ्चालन गर्नु आवश्यक हुन्छ ? मनोचिकित्सकहरूसँग परामर्श गरेर यस विषयमा ठोस अभियान सञ्चालन गर्नु वाञ्छनीय हुने देखिन्छ ।

परिवार, समाज र देशका लागि होनहार युवाहरूले यसरी अनाहकमा ज्यान गुमाउने परिस्थितिको सिर्जनामा समाज कतिको जिम्मेवार छ ? समाजका सदस्य हरेक व्यक्तिले यस विषयमा मनन् गर्नु आवश्यक भएको छ । आजका युवालाई निराशा, कुण्ठा र अवसादबाट जोगाउन परिवार र समाजले पनि सकारात्मक भूमिका खेल्नु अपेक्षित हुन्छ । जीवनमा जटिलता र अप्ठ्याराहरू त हुन्छन् नै तर यी जटिलताहरूसँग डराएर जीवनबाटै पलायन हुने मानसिकताको सिर्जना हुने अवस्थालाई अन्त्य गर्नु सबैको दायित्व हो । यसतर्पm गम्भीर र संवेदनशील बनौँ ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved