दोषीलाई कारवाही गर (सम्पादकीय)

  • असार २३, २०७७
  • सम्पादकीय
alt

बन्दाबन्दीको प्रारम्भिक समयमा सबै क्षेत्र ठप्प भए पनि पछिल्लो समयमा भने विकास निर्माणका कामले गति पाएका छन् । कतिपय काम यसबीचमै सम्पन्न पनि भइसकेका छन् भने कतिपय योजनाका काम अघि बढिरहेका छन् तर धरान–१५ को खोरिया बस्तीपूर्व सेउती खोलामा बन्दै गरेको पुल भने अलपत्र बनेको समाचार आएको छ । यो निकै महत्त्वपूर्ण पुल हो । त्यस क्षेत्रका नागरिकहरू पुल निर्माण भएपछि दैनिक जीवन निकै सहज हुने आशामा बसेका थिए । खासगरी खोलापारिका स्थानीयलाई वर्षाको समयमा धरान नगर क्षेत्रमा आउजाउ गर्न निकै कठिन हुने गर्छ । पुल निर्माण भएपछि वर्षामा पनि नगर क्षेत्रमा आउजाउ गर्न कुनै कठिनाइ नहुने र जीवन सहज हुने उनीहरूको अपेक्षा थियो । यति महत्त्वपूर्ण पुलको निर्माण कार्य रोकिनु निश्चय नै चिन्ताको विषय हो ।

वर्षायाममा खोलामा बाढी आएको बेला खोलापारिका स्थानीयले धरान नगर क्षेत्र आउन पाउँदैनन् । खोलापारिका किसानले दूध वा कृषिजन्य अन्य उत्पादन बिक्रीका लागि नगर क्षेत्रमै ल्याउने गर्छन् भने निम्न तहका नागरिकहरूले रोजगारका लागि नगर क्षेत्रमै आउनुपर्छ । त्यसैले पुल निर्माणपछि जीवनमा सहजता आउने उनीहरूको अपेक्षा थियो तर बन्दाबन्दी (लकडाउन) को बहाना देखाएर पुलको कामलाई अलपत्र पारी ठेकेदार कम्पनी हराएपछि स्थानीय निराश भएका छन् । तीन वर्षअघि निर्माण शुरु भएको पुलमा अहिले पिल्लर मात्र ठडिएका छन् । ठेकेदार सम्पर्कविहीन हुँदा पुलको भविष्य अनिश्चित बनेको छ ।

जहाँ पुल निर्माण भइरहेको छ, त्यहाँबाट नगर क्षेत्रमा आउन छोटो बाटो पर्छ । तल्लो पानबारी हुँदै आउने अर्को बाटो पनि छ तर यो लामो छ । अहिले वर्षाको बेला स्थानीयहरू जोखिम मोलेर खोला तर्न बाध्य छन् । खोला नतरे उनीहरूले लामो बाटो हिँड्नुपर्छ । २०७४ सालमा निर्माण शुरु भएको पुलको पहिलो सम्झौताअनुसार दुई वर्षभित्र अर्थात् २०७६ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो तर तीन वर्ष बितिसक्दा पनि निर्माण सकिएको छैन । अहिले २०७७ असार २५ गतेसम्मका लागि म्याद थप भएको छ । यो दोस्रो म्याद पनि भोलिसम्म मात्र छ तर काम भने भएको छैन ।

पुल निर्माण नहुँदा यातायातका साधन र मानिसलाई आउजाउमा असहज भइरहेको छ । इटहरीको सुनसरी मोरङ पुल आयोजनामा पुगेर स्थानीयले समस्या सुनाउँदा पनि सुनुवाई नभएको समाचारमा उल्लेख छ । यसले हाम्रो शासन–प्रशासनमा व्याप्त बेथितिलाई प्रष्ट्याउँछ । सरोकारवाला निकायले कामको अनुगमन गर्ने र सम्झौताबमोजिम काम नभए ठेकेदारलाई कारवाही गर्नुपर्ने हो तर यहाँ जसले जे गरे पनि कारवाही नहुने अवस्थाका कारण कोही पनि जिम्मेवार हुँदैनन् । यसतर्पm तीनै तहका सरकारहरूको ध्यान जानु आवश्यक छ ।

दण्डहीनताको अन्त्य नभएसम्म देशमा बेथितिको अन्त्य नहुने निश्चित भए पनि यहाँ पैसा र राजनीतिक पहुँचका आडमा जे पनि हुने अवस्थाका कारण नागरिकहरू चिन्तित छन् । उनीहरू न सरकारप्रति विश्वस्त छन्, न भविष्यप्रति आशावादी ।
सङ्घीय सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालयबाट पुलको ठेक्का लागेको हो । ठेकेदारले पुल निर्माण गर्दा शुरुको वर्ष अधेरी खोलाबाट अवैध रूपमा ढुङ्गििगट्टी उत्खनन् गरेर इनरुवातिर बिक्री गरेको आरोप पनि स्थानीयले लगाएका छन् । यसको छानबिन हुनुपर्छ र ठेकेदारमाथि आवश्यक कारवाही हुनुपर्छ । सरकारले पुल निर्माण कार्य तत्काल शुरु हुने वातावरण पनि तयार पार्नुपर्छ । सबैलाई नागरिकप्रति जवाफदेही बनाउनु नै आजको आवश्यकता हो ।

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved