सडक मर्मत गर (सम्पादकीय)

  • फागुन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

यातायातका लागि तीनवटा मार्ग हुन्छन्– सडक मार्ग, जलमार्ग र हवाई मार्ग । यी तीनमध्ये हाम्रो देशमा सबैको सहज पहुँचमा रहेको मार्ग सडक नै हो । समुद्र नभएको हुँदा यहाँ जलमार्गको खासै सम्भावना देखिँदैन । केही ठूला नदीहरूमा स्वचालित डुङ्गा चलाउन नसकिने होइन । सप्तकोशी नदीमा केही समययता स्वचालित डुङ्गा प्रयोगको अभ्यास भई पनि रहेको छ तर हाम्रो जस्तो देशमा जलमार्गलाई सडक मार्गको विकल्पका रूपमा प्रयोग गर्न सकिने सम्भावना छैन ।

केही ठूला नदीहरूमा डुङ्गा चलाउन सकिने सम्भावना भए पनि त्यसलाई यातायातका साधनका रूपमा कम र मनोरञ्जनका रूपमा बढी प्रयोग गर्ने गरिएको देखिन्छ । जल यातायात महङ्गो भएका कारण पनि यसलाई यातायातकै विकल्पका रूपमा लिन सकिँदैन । हवाई मार्ग पनि महङ्गो भएका कारण सबैको पहुँचमा छैन । पहाडै पहाडले भरिएको देश भएको हुँदा हवाई मार्ग हाम्रो लागि उपयुक्त हुन सक्ने भए पनि महङ्गो भएका कारण हवाई यातायात यहाँ सर्वसाधारण नागरिकहरूको पहुँचमा छैन ।

त्यसैले हाम्रो जस्तो देशमा सडक यातायात नै सर्वसुलभ र सबैको पहुँचमा छ तर सरकार तथा सरकारका सम्बन्धित निकायहरूले सडकहरूको मर्मत–सम्भारमा आवश्यक ध्यान नदिँदा यहाँ अधिकांश सडकको अवस्था राम्रो देखिँदैन । कमिसनको चक्करमा कमसल निर्माण सामग्रीको प्रयोग हुने हुँदा त्यसै पनि सडकहरू कमजोर हुन्छन् । अझ बेलामा मर्मत पनि नहुँदा सडक–यात्रा जोखिमपूर्ण हुने गरेका छन् ।

साबिक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची लोकमार्गको माईखोला–राजदुवाली खण्डको सडक पनि जीर्ण भएको समाचार आएको छ । सो सडक वर्षौंदेखि ठाउँ–ठाउँमा भास्सिने क्रम जारी रहे पनि यसको सुधारमा पर्याप्त ध्यान दिइएको छैन । आर्थिक वर्ष २०७१÷७२ मा ६ करोड रूपैयाँमा नयाँ प्रविधिमा आधारित एङ्करिङ विधिबाट सडक मर्मतका लागि ठेक्का लगाइयो । मर्मत कार्य बल्ल सकिए पनि भत्किएर सडक फेरि भास्सिन थालेको छ ।

हामीकहाँ भ्रष्टाचारकै कारण विकास निर्माणका कामहरू बलियो नहुने गरेका छन् । यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ तर विडम्बना त के भने यहाँ उपल्लो तहका कर्मचारी र मन्त्रीहरूकै मिलोमतोमा भ्रष्टाचार हुने गरेका विषयहरू समाचार तथा विभिन्न प्रतिवेदनमा आउने गरेका छन् । यति हुँदाहुँदै पनि भ्रष्टाचार नियन्त्रणलाई गम्भीरतापूर्वक लिने गरिएको छैन । हरेक प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाए पनि भ्रष्टाचारलाई सरकारले नै संरक्षण गर्ने गरेको आरोप लगाउने गरिएको छ । त्यसै कारण निर्माण र मर्मतमा करोडौँ रुपैयाँ खर्च गरिए पनि परिणाम भने अपेक्षित नहुने समस्याबाट हाम्रो देश आक्रान्त छ । सडकहरूको निर्माण र स्तरोन्नतिमा सरकारको ध्यान जानुपर्छ । विकास निर्माणका काममा हुने भ्रष्टाचारलाई पनि नियन्त्रण गर्दै गुणस्तरीय काम गरिनु आवश्यक छ । यसतर्पm सबैको ध्यान जानु अपेक्षित छ ।

१० औें बास्केटवल ट्य ...

बिकास चाम्लिङ राईधरान ।धरान बास्केटवल संघको आयोजना, सुन ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved