युवा केन्द्रित योजनाआवश्यक (सम्पादकीय)

  • मंसिर १२, २०७७
  • कोशीपत्र/संवाददाता
alt

युवाजनशक्तिको पलायन देशको सबैभन्दा ठूलो समस्याहो ।आप्mनो र परिवारको सुन्दर भविष्यको कल्पना गरेर अहिले पनिलाखौँ युवाविदेशमाबन्जर भूमिमा रगत र पसिनाबगाइरहेका छन् । देशमा रोजगारको पर्याप्तअवसर सिर्जनाहुननसक्दायुवाजनशक्तिको पलायन रोकिननसकेको हो । देश विकासमा सदुपयोग हुनुपर्ने पाखुरी पराई भूमिलाई हराभरा बनाउनप्रयोग भइरहेका छन् । हाम्रो देशकालागि यो नै चिन्ताको ठूलो विषयहो ।

तराई र पहाडमा जमीनबाँझो छन् । तीजमीनमाकामगर्ने जनशक्तिको अभाव छ । तराई र पहाडका कतिपयगाउँमायुवा पटक्कै छैन । वृद्ध–वृद्धा, बालबालिका, असक्त र महिलाहरू मात्र छन्, गाउँमा । यसकारणले खेतीयोग्यजमीनबाँभैm छाडिएका हुन्छन् ।देशको जनशक्तिभने विदेशमा कृषि र अन्य क्षेत्रमा रमाइरहेका छन् । गर्न सके देशमै पनिआपैmँले रोजगारको अवसर सिर्जनागर्न सकिन्छ भन्ने मानसिकताको विकास हुननसक्दायुवाजनशक्तिको पलायननिरन्तर जारी छ । यसतर्पm सरकारसँग न कुनै योजना छ, न कुनै कार्यक्रम ।यही योजनाविहीनताकाकारण विकासको बाटोमा देशले अपेक्षितगति समात्न सकेको छैन ।
पछिल्लो समयमाभने केहीयुवाले उदाहरण प्रस्तुतगर्न थालेका छन् ।

विदेशबाट फर्किएका केहीयुवाले स्वदेशमै स्वरोजगारको सिर्जना गरेका छन् । विदेशमासिकेको सीप र ज्ञान सदुपयोग गर्दै उनीहरूले स्वदेशमै व्यवसायप्रारम्भ गरेका छन् । यस्ता कतिपययुवा कृषिक्षेत्रमालागेका छन् भने कतिपयपर्यटन क्षेत्रमापनि सक्रिय छन् । यस्तै एक युवकहुन्, सुनसरीको वराहक्षेत्र–५,लक्ष्मीपुरकाआदेश गौतम । विदेशमा१५ वर्षसम्मपसिनाबगाएर आएकाउनले विदेशमासिकेको सीप र ज्ञानको प्रयोग गरेर स्वदेशमै राम्रो आर्जन गरिरहेका छन् ।

यो सकारात्मकउदाहरण हो । विदेशमाआर्जन गरेको सीप,ज्ञान र लगानीमुलुकमा लगाउनुपर्छ भन्ने सोच अबविस्तारै आउँदैछ । परम्परागत कृषि पेशालाई पनिआधुनिक दृष्टिले हेर्न थालिएको छ । विदेशबाटफर्किएकाकतिपययुवाले आधुनिक शैलीमाकृषिकर्म गरेर राम्रै सफलताहातपारिरहेका छन् । त्यसो त कहिल्यै विदेश नगएका केहीयुवाले पनि कृषिक्षेत्रमायहाँउदाहरणीय काम गरेका छन् ।

युवाशक्तिलाई आत्मनिर्भर बनाउँदै उनीहरूलाई देश विकासमा सक्रियबनाउनअब सरकारले पनि ठोस योजना र कार्यक्रमबनाउनु आवश्यक छ । युवालाई विदेश पठाएर रेमिट्यान्स भित्र्याउने कार्यक्रमहोइन, उनीहरूलाई स्वदेशमै रोक्ने कार्यक्रमबनाउनु अपरिहार्य छ किनभने युवाजनशक्तिको सीप र श्रमविना देशको विकास असम्भव छ । नारा र भाषणबाट मात्र देशको विकास हुने भएहाम्रो देशले विकासमा युरोपलाई उहिल्यै पछि पारिसक्थ्यो । त्यसैले अबयुवाले पनि स्वदेशमै आत्मनिर्भर बन्ने बाटो खोज्नु आवश्यक छ भने सरकारले पनियुवाकेन्द्रित योजनाबनाउनु अपेक्षित छ । युवामालगानीगर्न सरकारले कन्जुस्याइँगर्नु हुँदैन । यसतर्पm सरकारको ध्यानजाओस् ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved