१० औें बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण सकियो बिकास चाम्लिङ राई

  • जेठ ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मंगलवार समापन भएको छ ।
धरान बास्केटवल संघको अयोजनामा वैशाख ३ गते देखि सुरु भएको प्रशिक्षण क्याम्पमा ५० जना विद्यार्थी प्रशिक्षार्थीहरुले सहभागिता जनाएको थियो । बास्केटवल खेल विकास तथा खेलाडि उत्पादन गर्ने उद्धेश्यले संघले विगत १३ वर्ष देखि नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । विशेष गरेर एसई दिएका विद्यार्थी लक्षित कार्यक्रम भए पनि प्रशिक्षण क्याम्पमा ४ कक्षा सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको थियो ।

ट्यालेन्ट हन्टमा सहभागि एसई दिएका उत्कृष्ट विद्यार्थी खेलाडिहरुलाई भने धरानका विभिन्न कलेजमा छात्रवृतम सिफारिस गरिने सुनसरी बास्केटवल ंसंघका अध्यक्ष नारायण सुवेदिले जानकारी गराए । उनिहरुको प्रशिक्षण भने एसईको रिजल्ट नआइन्जेल सम्म निरन्तर रहने अध्यक्ष सुवेदिले जनाए ।
समापन कार्यक्रममा अध्यक्ष सुवेदि र ट्यालेन्ट हन्टका मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । १० औ ट्यालेन्ट हन्टको प्रशिक्षण धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटवल कोर्टमा संपन्न भएको थियो ।
यस अघि ९ औ ट्यालेन्ट हन्टका करिव दुई दर्जन महिला पुरुष विद्यार्थीहरु धरान मेघा हिमालयन कलेज र डिपो स्कुललमा कक्षा ११ कक्षामा अध्यन गरिरहेका छन । उनिहरुलाई ११ र १२ कक्षामा छात्रवृतम प्रदान गरिएको छ ।

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

खुला आकाशमुनि मकै बे ...

धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved