यात्रुवाहक गाडीमा गाँजा! भेडेटारमा ५१ किलो लागुऔषधसहित महिला समातिइन्

  • जेठ ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बिहान सार्वजनिक सवारीसाधनमार्फत तस्करी गरिँदै गरेको ५१ किलो गाँजा बरामद गरेको छ।

लागुऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले नियमित जाँचका क्रममा गाँजा बरामद गरेको हो।

तेह्रथुमबाट इटहरीतर्फ गइरहेको प्र.१–०२–००१ ज ४४८० नम्बरको यात्रुवाहक ईभी गाडी जाँच गर्दा छतमा राखिएको एक जेब्रा झोला र दुईवटा बोरामा लुकाइराखिएको अवस्थामा ठूलो परिणाममा गाँजा भेटिएको धनकुटा प्रहरीले जनाएको छ।

घटनास्थल साँगुरीगढी गाउँपालिका–६ को भेडेटार चोकमा बिहान करिब ९ बजे उक्त गाडीलाई रोकेर चेकजाँच गर्दा ५१ किलो गाँजा फेला परेको हो।

प्रहरीका अनुसार, गाँजासहित पक्राउ परेकी महिला धनकुटा जिल्ला, शहीदभूमि गाउँपालिका–७ की २६ वर्षीया लक्ष्मी राई हुन्। साथै, गाडीका चालक तेह्रथुम म्याङलुङ नगरपालिका–७ का ३७ वर्षीय प्रकाश गुरुङलाई पनि नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ।

बरामद गरिएको गाँजाको स्रोत, गन्तव्य र यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी रहेको प्रहरी स्रोतको भनाइ छ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved